काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा गालीगलौज गर्ने पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले काठमाडौँ ल्याएको छ । कपिलवस्तुको तौलिहवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनारलाई हिजो पक्राउ गरेको प्रहरीले साइबर क्राइम सम्बन्धी अनुसन्धानका लागी काठमाडौँ ल्याएको बताएको छ ।
राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा अश्लिल शब्द प्रयोग गरेका उनलाई साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सिआइबीले उनलाई काठमाडौं झिकाएको हो । उनलाई आजै अदालत पेश गरी म्याद थप गरेर अनुसन्धान गर्ने बताइएको छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uqFobI
via IFTTT
0 comments:
Post a Comment