अभिनेता दीपकराज गिरीले बुहारी भित्र्याएका छन् । उनले आफ्नो जेठो छोरा दीपेश गिरीको कीर्तिपुरकी मीरा ज्ञवालीसँग गरिदिएका हुन् ।
छोरा दीपेशले प्रेम बिहे गरेकोले दीपकराज गिरीले आफ्नो छोराको बिहे सार्वजनिक गर्न नचाहेको बताईन्छ। सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय रहने गिरीले विहेको फोटो भने अहिलेसम्म राखेका छैनन् ।
ससुरा बनेका दीपकले शनिबार राजधानीमा सीमित कलाकर्मीलाई बोलाएर विहे सम्पन्न गरेका थिए ।
विहेमा स्वस्तिमा खड्का, किरण के.सी (राता मकै), जितु नेपाल, दीपाश्री निरौला, केदा घिमिरे लगायतका कलाकारहरु सहभागी थिए ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2udVHWm
via IFTTT
0 comments:
Post a Comment