Photo of Milford Sound in New Zealand

दोहा । उनी सन् १९९६ मा कतारको राजधानी दोहा उत्रेका थिए । त्यसयताको उनको यात्रा गज्जवसँग चलेको छ । उनी अर्थात महेन्द्र चौलागाई । चौलागाई कतारमा सफल नेपाली व्यवसायी मध्येमा पर्दछन् । उनी सन् १९९६ मा कतारको दोहा आएका थिए । आउँदा खासै न परिचय थियो न त कुनै आर्थिक हैसियत नै । तर अहिले उनीसँग धेरै व्यवसाय छन् कतारमा ।

कतारमा चौलागाईले टादमुर कम्पनीमा सेल्स एसिस्टेण्टको रुपमा काम थालेका थिए । त्यहाँ उनले ७ बर्ष काम गरे । त्यहाँ ठूलो मेहनत गरेर मैले आफ्नो सीप बढाएँ चौलागाई भन्छन् । सन् २००३ मा उनले नेपाली पत्रपत्रिका, उपन्यास बेच्नेगरी एउटा पुस्तक पसल खोले । यो दोहामा यस्तो प्रकारको पहिलो पसल थियो ।

उनी नेपालबाट पत्रिका, पुस्तक मगाएर बेच्ने गर्दथे । व्यापार बढ्दै गयो । उनी एक बर्ष भित्रमा चारजना कामदार राख्न सफल भए । त्यसपछि उनले परिवारलाई पनि कतार नै लिएर आए । ‘म विहान देखि बेलुकीसम्म पसलमा व्यस्त हुन्थें त्यसैले धेरै कर्मचारी मलाई चाहिएन’ उनी भन्छन् । ६ महिनाकी छोरीको हेरचाहसँगै उनकी श्रीमतिले यसमा उनलाई सघाउँथिन् ।

यसमा उनलाई दाजुभाइको समेत साथ थियो । सन् २००५ मा उनले अर्को एउटा पाइला चाले । उडल्याण्ड इम्पोर्ट, एक्सपोर्ट कम्पनीका नाममा उनले नेपाल, चीन तथा दुवईबाट कपडा कतारमा कपडा ल्याएर बेच्न थाले । नेपाली पस्मिनाको बजार ठूलो देखियो ।

पस्मिनाको व्यापार चम्कियो, सवैले निक्कै मन पराए उनी त्यो बेलाको व्यापार सम्झिन्छन् । कपडा पसलमा ६ जना कामदार थपिए । जव कपडाको व्यापार फैलिंदै गयो चौलागाईले पुस्तक पसल सन् २००८ मा छोडे । सन् २०१० मा चौलागाईले व्यापार अझ विस्तार गरे ।

उनले २८ जना कामदार थपेर कम्पनीको नाम फेरे उडल्याण्ड कन्स्ट्रक्टिङ एण्ड जेनरल सर्भिस । हाल सो कम्पनीमा २ सय २५ जना कामदारले काम गरिरहेका छन् । सोही बर्ष उनले कतारमा अल खुरी मेनपावर कम्पनी पनि सुरु गरे ।

नेपालमा यस अघि नै पाथिभरा प्लेसमेण्ट सर्भिस नामको कम्पनीले काम गरिरहेको थियो । अल खुरीले हरेक बर्ष सरदर १२ हजार कामदारलाई कतार, साउदी अरव, मलेसिया तथा ओमान ल्याउँछ ।

सो कम्पनीबाट हरेक बर्ष नेपालीसँग थाइल्याण्ड, बंगलादेश, पाकिस्तान, फिलिपिन्स तथा लेवननबाट कामदार ल्याउँछन् । सन् २००५ यता पाथिभरा प्लेसमेण्टबाट १ लाखभन्दा धेरै नेपाली कामदार बैदेशिक रोजगारमा गइसकेको उनीसँग तथ्याँक छ ।

चौलागाईको कम्पनी गुणस्तरिय काम र सेवामा चिनिएको कम्पनी हो । कतारमा उनले कमाइरहेका मात्र छैनन्, आफ्नो गृह जिल्लामा समेत केहि काम गरिरहेका छन् ।

सन् २००७ मा उनले झापाको आफ्नो गाउँमा उनले दिपजल बोर्डिङ स्कूल स्थापना गरेका छन् । मैले शिक्षाको महत्व बुझेको छु, त्यसैले मैले मेरो गाउँमा नै विद्यालय खोलेको हुँ उनी भन्छन् ।

म गाउँको एउटा गरिव किसान परिवारमा जन्मेको हुनाले मैले राम्रो पढ्न पाइन, तर अरु मेरा गाउँका बालबालिकाले त्यहि अवस्था भोग्नु नपरोस् भनेर मैले विद्यालय खोलेको हुँ चौलागाई भन्छन् । हाल उनको विद्यालयमा १ हजार विद्यार्थी छन् भनें १ सय शिक्षक कर्मचारीले काम गर्छन् । उनका अरु पनि केहि व्यवसाय छन् । हरेकमा उनले सफलता पाएका छन् ।

यी सवैको श्रेय उनी कतारलाई दिन्छन् । हरेक कुरा मैले जे सिकें, जति कमाएँ कतारकै कारणले हो । दाजुले काठमाडौंको व्यवसाय हेर्छन् अनी भाइले झापाको । उनी कतारको व्यवसायमा व्यस्त छन् ।

उनले व्यवसायलाई विविधिकरण गर्न विद्युत आयोजना, बैंक, घरजग्गा, अस्पताल लगायतमा लगानी गरेका छन् । उनी गुणस्तरिय सेवा दिन चाँडै झापा जिल्लामा एउटा मेनपावर कम्पनी खोल्ने योजनामा छन् । उनी कतारका सफल नेपाली व्यवसायी मध्येका एक हुन् तर उनी सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन ।

म सहयोग गर्छु नेपाली समुदायलाई तर हल्लाखल्ला गर्न मलाई रुची लाग्दैन उनी भन्छन् । उनले नेपालमा विभिन्न ५० वटा संघसंस्थालार्इं एम्वुलेन्स खरिद, मन्दिर निर्माण, अतिथि सेवा गृह निर्माण लगायतमा आर्थिक सहयोग गरेका छन् । उनी अव एउटा फाउण्डेसन बनाएर अनाथ असहाय बच्चाको सहयोगमा जुट्ने योजनामा छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tgFdj9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top