Photo of Milford Sound in New Zealand

एजेन्सी । जुलाई ४ मा परीक्षण गरेको मिसाइलबाट विश्वका सामु उत्तर कोरियाको ४ महिना पहिलेको रहस्य बाहिरीएको छ।

जुलाई ४ मा परीक्षण गरिएको उक्त मिसाइलको मार क्षमता अमेरिकी शहरसम्म पुग्ने उल्लेख गरिएको छ। उत्तर कोरियाको सञ्चारमाध्यमबाट अमेरिकी विशेषज्ञले उक्त मिसाइलको इन्जिन देखेपछि रुसको सोवियतसँग उक्त मिसाइलको इन्जिन मेल खाने दाबी गरेका छन्।

यस विषयका बारेमा एक हतियार विशेषज्ञ माइकल ऐलमेनले भनेका छन्, मैले ध्यान दिए। उत्तर कोरियाले मार्चमा परीक्षण गरेको मिसाइलमा प्रयोग भएको इन्जिनको प्रयोग पछिल्लो समय रुसमा देखिएको थियो।

स्मरण रहोस्, २ दशक पहिले रुस र यूक्रेनमा सोवियत कालका मिसाइलको ध्वस्त गर्न लागिएको थियो त्यती बेला हतियार विशेषज्ञ ऐलमैनले पुरै कारबाही निरीक्षण गरेका थिए।

उत्तर कोरियाको मिसाइल इन्जिनमा सोवियतको छाप
ऐलमेन अमेरिकी रक्षा विभागको मुख्यालय पेटागनका पुर्व सल्लाहकार हुन्। उनी बाहेक अन्य विशेषज्ञले पनि उत्तर कोरियाको नयाँ मिसाइलमा १९६० का दौरानमा गरिएको सोवियतले प्रयोग गरेको मिसाइल इन्जिनमा एकदमै समान्ता देख्निछ।

पछिल्लो दुई वर्षदेखि अमेरिकी विशेषज्ञले यही विषयका बारेमा अनुसन्धान गर्दै आएका थिए। प्रतिबन्धका बाबजुत पछि उत्तर कोरिया बारम्बार मिसाइल परिक्षण गर्न सफल भएको छ। यस कारण अमेरिकी विशेषज्ञले जरुर कोही देशले लुकीछुपी सहयोग गरेको हुनु पर्छ भन्ने आशंका गर्दै आएका छन्। उत्तर कोरियाको मिसाइल डिजाइन तथा अन्य महत्वपूर्ण जनकारीमा रुसी वैज्ञानिक पनि संलग्न भएको हुनु पर्ने उनीहरुको तर्क छ। तर यस विषयमा पुष्टी भने गर्न सकेका छैनन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uFoWl7
via IFTTT
09 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top