Photo of Milford Sound in New Zealand

बुटवल : पहिलोपटक बन्दै गरेको स्थानीय सरकारको उपप्रमुखमा २३ बर्से किशोरी निर्वाचित हुनुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाको उपप्रमुखका शिवकुमारी थारू निर्वाचित हुनुभएको हो। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी थारू सबैभन्दा कान्छी उममेयर हो।

मंगलबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वीलाई २ हजार ९ सय ३३ मतले पछि पार्दै विजयी उहाँले ५ हजार ९ सय ३२ मत पाउनुभयो। मेयरमा नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याएर विजयी हुनुभयो। निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्दै गर्दा शिवकुमारीका आँखामा मात्रै होइन, आमा र सासूआमाका आखामा पनि टिलपिल आँसु आएका थिए।

सामाजिक परिचालकदेखि उपमेयरसम्म
सहपाठी पुस्तक बोकेर क्याम्पस धाउँदै गर्दा कपिलवस्तु शिवराजकी शिवकुमारी थारू नगरपालिकाको कार्यकारी पदमा आसीन हुनुभयो। भर्खर बीएड पास गरेकी शिवकुमारीलाई तीन महिनाअघिसम्म यसरी राजनीतिमै होमिएर महत्वपूर्ण पद पाउँछु भन्ने कल्पनासमेत थिएन। परिस्थिति त्यस्तै बन्यो।

राजनीतिमा त्यति चासो नभएकी शिवकुमारीले नेपाल आदर्श बहुमुखी क्याम्पस पुगेपछि अनेरास्ववियुको सदस्यता लिनुभएको थियो। पार्टीको क्रियाशील सदस्यता त छ महिनाअघि मात्रै। कट्टर कांग्रेस परिवारमा जन्मिएकी उहाँको एमाले समर्थित परिवारमा १७ वर्षको उमेरमै बिहे भयो। क्याम्पसको राजनीति र घरमा हुने राजनीतिक कुराकानीले केही चेतना पलाइसकेको थियो।

सामान्य परिवारमा एक्ली बुहारी भएर भित्रिनुभएकी उहाँले बिहेको ऋण तिर्नका श्रीमान्लाई कतार पठाउनुभयो। आफ्नो पढाइ खर्च जुटाउने एक गैरसरकारी संस्थामा सामाजिक पारिचालक भएर काम गर्नुभयो।

थारू समुदायका छोरी उच्चशिक्षासम्म पढ्न पाउने बिरलै हुन्छन्। तिनै बिरलैमध्ये पर्नुहुन्छ शिवकुमारी पनि। त्यही पढाइ र सामाजिक चेतना नै शिवराज नगरपालिकाको उपमेयर बन्ने अवसर बन्यो। एसएसलसीमा प्रथम श्रेणीमा उत्तीर्ण उहाँले उच्चशिक्षामा पनि राम्रै अंक ल्याउनुभएको थियो। शिक्षामा जस्तै निर्वाचनमा पनि उहाँलाई हार्नु परेन। annapurnapost

‘सामाजिक काममा लागेकाले मलाई पार्टीले उम्मेदवारमा सिफारिस गर्‍यो’, विजयी भएपछि हर्षित मुद्रामा उहाँले भन्नुभयो, ‘सिफारिस भएबमोजिम नै राम्रै नतिजा आयो।’ थारू, मधेसी समुदाय निकै पछि परेको भन्दै सामाजिक रूपान्तरण आफ्नो पहिलो काम भएको उहाँकोे भनाइ छ।

राजनीतिक सिद्धान्तमा त्यति पोख्त नभएकी शिवकुमारी जेठसम्म सरस्वती आधारभुत विद्यालयकी शिक्षिका हुनुहुन्थ्यो। तीन वर्षको शिक्षण पेसामा उपमेयरमा उम्मेदवारी मनोनयनसँगै विराम लग्यो।

शिवकुमारीको माइतीमा दुई आमा हुनुहुन्छ। थारूकी आमा गृहिणी हुनुहन्छ। खेतबारी धेरै थिएन, सानो किराना पसलमा बुबा बस्नुहुन्छ। सौतेनी आमा भए पनि चौधरीले त्यति साह्रो पराइ महसुस गर्नुपरेन। चार दाजुभाइका दुई बहिनीमध्ये उहाँ जेठी हुनुहुन्छ। माइतीमा बस्दा उहाँको काँधमा जिम्मेवारी बढी थियो। बिहेपछि घर आउँदा त्यो झनै बढ्यो। सासूससुरा, तीन नन्दसहितको परिवार व्यवस्थापनसँगै सामाजिक काम पनि निरन्तर चलिरह्यो।

१७ वर्षमा बिहे र २० वर्षमा पहिलो सन्तान जन्माएकी शिवकुमारी छोरी काखमा राखेर विद्यालय, सामाजिक परिचालकको काममा समेत लाग्नुभयो। थारू समुदायका छोरी चुलोचौकोमै व्यस्त रहे पनि शिवकुमारीलाई पनि बुबाले स्कुल जाने अवसर दिनुभएको थियो। त्यही अवसरले उहाँलाई अहिले उपमेयरको जिम्मेवारीसम्म दिलाएको छ।

उम्मेदवारी घोषणाका क्रममा शिवकुमारीले दिएको भाषणले एमाले नेता नै चकित परेका थिए। ‘शिवकुमारीमा असीमित क्षमता छ, त्यसै आधारमा एमालेले टिकट दिएको हो’, एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले भन्नुभयो। पार्टीले प्रस्ताव गर्नासाथ शिवकुमारीले ‘हुन्छ’ भन्नुभएको थियो। ‘महिलाको अधिकारका लागि मैले केही गर्न सक्छु भन्ने विश्वास छ’, शिवकुमारी भन्नुहुन्छ।

चुनावमा होमिएपछि कार्यकर्ता र आफन्तको साथ पाएकी शिवकुमारी आफ्नो कार्यकालमा पनि सहयोग पाउने आशामा हुनुहुन्छ। ‘मलाई जसले जिताउनुभयो, उहाँहरूकै सहयोगले राम्रो काम गर्न सक्नेछु’, उहाँले भन्नुभयो, न्याय सम्पादनमा मेरो कुनै पक्षपात रहनेछैन।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tP30qh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top