Photo of Milford Sound in New Zealand

एजेन्सी, असार ३१—भारतीयहरू संसारकै सबैभन्दा अल्छीमध्ये भएको स्टान्डफोर्डको एउटा अध्ययनबाट देखिएको छ ।

दी इकोनोमिक्स् टाइम्सले जनाए अनुसार प्रत्येक दिन मानिसहरू कति पाइला हिँड्दा ४६ मुलुकमध्ये भारत ३९ मा परेको छ । अध्ययनअनुसार भारतीयहरू दिनहुँ सरदर ४ हजार २९७ पाइलामात्र हिँड्ने गरेका छन् । तिनमा पनि महिला अझ कम हिँड्छन् ।

यसैगरी ७ लाख मानिसहरूमा गरिएको अध्ययनमा चिनियाँहरू सबैभन्दा कम अल्छी देखिएका छन् । चिनियाहरूमा पनि सरदर ६ हजार ८८० पाइला हिँड्ने हङकङका चिनियाँहरू सबैभन्दा जाँगरिला ठहरिने छन् ।

संसारकै सबैभन्दा अल्छी भने दिनको ३ हजार ५१३ पाइलामात्र हिँड्ने इन्डोनेसियाली रहेछन् । अध्ययनअनुसार संसारको सरदर ४ हजार ९६१ पाइला छ भने अमेरिकीहरू ४ हजार ७७४ पाइला हिँड्छन् ।

सबैभन्दा कम हिँड्नेहरूमा मलेसियाली, साउदी अरेबियाली र इन्डोनेिसयाली छन् । उनीहरू दिनहुँ सरदर ३ हजार ९०० पाइलाभन्दा कम हिँड्छन् । यसैगरी बढी हिँड्नेमा हङकङ, चीन, युक्रेन र जापानका बासिन्दा रहेको अध्ययनमा देखिएको छ ।कम हिँड्ने मानिसहरू बढी मोटाउने मानिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t15Kgl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top