Photo of Milford Sound in New Zealand

काठमाडौं, २० असार । नायिका स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ्। विकिपिडियाका अनुसार स्वस्तिमा ४ जुलाई १९९५ मा जन्मेकी हुन् । जसअनुसार उनी आजदेखि २२ वर्ष लागेकी छन् । स्वस्तिमा चर्चित निर्देशक निश्चल बस्नेतकी श्रीमती हुन् । एक वर्षअघि दुवैले विवाह गरेका हुन् ।

होस्टल रिटर्नस, लभ लभ लभ चलचित्र अभिनय गरिसकेकी स्वस्तिमा अभिनित २ रुपैयाँ र छक्का पञ्जा २ चलचित्र रिलिज हुने क्रममा छ । सुन्दर मुहार र नृत्यका कारण स्वस्तिमा दर्शकमाझ लोकप्रिय हुँदै गएकी छन् । भक्तपुरमा जन्मेकी स्वस्तिमाले इन्जिनियरिङ विषयकी विद्यार्थी हुन् । २२ औं जन्मदिनमा मंगलबार बिहानैदेखि उनको फेसबुकको टाइमलाइन शुभकामनाले भरिएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uER6Mi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top