Photo of Milford Sound in New Zealand

काठमाडौं – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन् । बिहीबार साँझ अकस्मात विमानस्थल पुगेका गृहमन्त्री शर्माले गृह प्रशासन मातहतका ईकाईहरुको काम कारवाहीबारे निरीक्षण गरेको हो । उनी सिँहदरबारबाट सुरक्षा निकायलाई कुनै खवरै नगरी अकस्मात विमानस्थलको गतिविधि निरिक्षणका लागि निस्केका थिए ।

अध्यागमन विभागका विभिन्न इकाईहरुको काम कारवाही तथा कर्मचारीको उपस्थिती निरीक्षण गर्दै मन्त्रि शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसीटिभी कक्षको अवलोकन गरे ।
उनले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीहरुको उपस्थिती तथा हाजिरी पुस्तिका निरीक्षण गरेका थिए।
विमानस्थलको एक्सरे मेशिन तथा सिसीटीभी कक्ष निरीक्षण गर्दै मन्त्रि शर्माले त्यहाँ कार्यरत कर्मचारीलाई ‘यहाँ काम गरेको कति समय भयो ?’ भन्दै प्रश्न गरेका थिए ।
निरीक्षणका क्रममा विभानस्थलका एयर कन्डिसन्, तथा केही सिसीटिभी बिग्रीएको पाईएको छ । विमानस्थलमा रहेको ३ सय ४१ सिसिटीभी मध्ये ३सय ८ ओटा मात्रै चालु अवस्थामा रहेको सिसीटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्रि शर्मालाई जानकारी गराए ।

आगमन कक्षका अध्यागमन अधिकृत केशव प्रसाद रिजालले साँझकाे सिफ्टमा कार्यरत कर्मचारीको विवरण तथा काम कारवाही बारे मन्त्रि शर्मालाई ब्रिफिङ गरेका थिए। पौने ७ बजे एयरपोर्ट पुगेका मन्त्रि शर्मा एकघण्टा पछी एयरपोर्टबाट बाहिरिए । ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tVWJJH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top