Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ असार । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफकी छोरीले आइतबार गरेको ट्वीटले हंगमा मच्चिएको छ । उनले ट्वीटमा भनेकी छन्, ‘त्यो मर्द नै होइन, जो डराउँछ ।’

प्रधानमन्त्री पुत्री मरियम शरिफले आइतबार ट्वीट गर्दै पितामाथि भ्रष्टाचारको आरोपमा छानविन भइरहेका बेलामा विपक्षी दलहरुलाई यस्तो जवाफ दिएकी हुन् । विदेशमा सम्पत्ती लुकाएको लगायतका आरोप प्रधानमन्त्री शरिफ र उनका परिवारमाथि लाग्दै आएको छ ।

विपक्षी दलहरुले प्रधानमन्त्री शरिफको राजीनामा माग गर्दै आएका छन् । तर प्रधानमन्त्री पुत्रीले भने ती आरोपको डटेर सामना गर्ने बताएकी हुन् ।

उनले अहिलेको अवस्थामा मुलुकमा सत्तारुढ दल पीएमएल (एन) को तुलनामा अर्को कुनै दल सक्षम नरहेको पनि बताएकी छन् । बहुचर्चित पनामा पेपर लिक मामलामा छानविन गरिरहेको संयुक्त अनुसन्धान टिम (जेआइटी) ले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने छ ।

तर अघिल्लो दिन प्रधानमन्त्री पुत्री मरियमको ट्वीटले विपक्षीहरुप्रति कडा प्रहार गरेकी छन् । उनको त्यो ट्वीट १२ सय रिट्वीट भएको छ भने ३९ सयले प्रतिक्रिया जनाएका छन् । यस्तै ४९ सयले मन पराएका छन् ।

तहरिक ए इन्साफ पार्टीका प्रमुख इमरान खानले आइतबारै शरिफविरुद्ध कडा प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘शरिफ र उनका परिवारको भविष्य अब जेलमा सीमित रहने छ ।’ एजेन्सी

http://ift.tt/2t3r4kq

from SHYANE http://ift.tt/2tYhWlz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top