Photo of Milford Sound in New Zealand

प्रकाश ढकाल/उज्यालो । काठमाडौं, असार १९ – नेपालको एक मात्र र पुरानो रेलमार्ग जनकपुर जयनगर फेरि सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेल मार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै फागुनदेखि सञ्चालनमा आउने भएको हो ।

५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम फेजमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले जनाएको छ । समयमा मर्मत सम्भार र व्यवस्थापनको कमजोरीका कारण दिनदिनै जीर्ण बनेको जनकपुर–जयनगर रेल मार्ग तीनवर्षदेखि पूर्ण रुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारले पूर्ण सहयोगमा ब्रोडगेजमा निर्माण थालेको थियो । सन् २०१४ मा थालिएको पुनर्निर्माण सन् २०१८ को मार्च अर्थात आउँदो फागुन चैत महिनामा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) को छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

उपाध्यायले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अहिलेसम्म दुवैतर्फ स्टेसन, कार्यालय भवन, ट्राक बेड, कस्टम कार्यालय, भन्सार कार्यालय, कर्मचारीका लागि आवास गृह आदि निर्माण भइसकेको छ । अब अन्तिम कामका रुपमा लिक बिछ्याउन मात्र बाँकी छ । कामको प्रगतिबाट हामी निक्कै उत्साहित छौं ।’ ५१ किलोमिटर लामो यो खण्ड सञ्चालनमा आएपछि दोस्रो विश्वयुद्ध भन्दा पनि पहिले सुरु भएको नेपालको एक मात्र रेल मार्गले पुनर्जीवन पाउनेछ। लिक बने पनि गुड्ने इन्जिन छैन ५१ किलोमिटर लामो लिक फागुनमा पुनर्निर्माण सम्पन्न हुने भए पनि त्यसमा गुडाउने रेलको इन्जिन (लोकोम्याटिक) को भने अझै अत्तोपत्तो छैन । पुराना रेलका इन्जिन काम नलाग्ने भएकाले कम्तिमा पनि दुईवटा इन्जिन किन्नु पर्ने बाध्यता सरकारलाई छ ।

खजुरी स्टेसनमा रहेको सबैभन्दा पुरानो कृष्ण नामको जलवास्प रेलको इन्जिन । यो सन् १९३७ मा हल्याण्डले नेपाललाई उपहार दिएको थियो । रेलको एउटा इन्जिन किन्न कम्तिमा ५० करोड लाग्ने र त्यसमा आवश्यकताअनुसार डब्बाहरु जडान गर्दा एउटा रेल तयार हुन झण्डै एक अर्ब रुपैयाँ खर्च हुने रेल विभागको भनाई छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार रेलको इन्जिन पनि भारत सरकारसँगै माग्ने तयारी गरिएको छ । भारतले नदिए आफैंले किन्ने सोच मन्त्रालयले बनाएको ती अधिकारीले बताए । दोस्रो खण्डपछि पूर्वपश्चिम विद्युतीय रेल मार्गसँग जोडिने दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर लामो नयाँ खण्डको विस्तृत परियोजना रिपोर्ट तयार भइसकेको छ ।

यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा एकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ । बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै ३ अर्ब चाहिने अनुमान छ । सरकारले बजेट विनियोजनमा ढिलाई गरे पनि अब थप ढिलाई हुन नदिने रेल मार्ग अनुगमनका लागि जनकपुर पुग्नुभएका विकास समितिका सभापति रविन्द्र अधिकारीले विभाग र स्थानीय बासिन्दासँग प्रतिबद्धता जनाउनुभएको छ ।

बिजुलपुरादेखि बर्दिवाससम्मको यो खण्ड पूर्वपश्चिम रेल मार्गसँग जोडिने रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिनुभयो । लिक फर्न स्थानीय बासिन्दाको माग बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । विस्तृत परियोजना रिपोट (डिपिर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानव वस्ती उठाउनु पर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, रेल विभाग र भारतीय पक्षलाई समेत भन्दै आएका स्थानीय बासिन्दाले अनुगमनका लागि पुगेको विकास समितिलाई समेत आफ्नो बस्ती र उर्वरभूमी बचाइ दिन ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै विकास समितिका सभापति रविन्द्र अधिकारीले यस विषयमा आफूले पहिला पनि कुरा गरिसकेको जानकारी दिँदै फेरि पहल गर्ने आश्वासन दिनुभएको छ ।
-DainikHeadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhT1XD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top