Photo of Milford Sound in New Zealand

काठमाडौं : अमेरिकाले प्रमुख सत्रु ठानेको उत्तर कोरियाविरुद्ध विश्व समुदायलाई एक बनाउन अन्तराष्ट्रिय समुदाय लागि परेका छन् । आणविक हातहतियार निरन्तर परीक्षण गर्दै अआएको कोरियाले पछिल्ला दिनमा अमेरिकालाई चुनौती दिइराखेको छ।

अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउन जापान नेपालसम्म आइपुगेको छ।

जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडाबारा केहीदिन यता नेपाल भ्रमणमा छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा उत्तर कोरियालाई एक्ल्याउन नेपालले समेत साथ दिनुपर्ने बताएका हुन्।

भेटमा उनले भनेका छन्, ‘उत्तर कोरियासँगको आवतजावत रोक्नुस्।’ खासगरी उत्तर कोरियासँगको सम्बन्धलाई लिएर जापानीमन्त्रीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग कुरा गरेको परराष्ट्रमन्त्री निकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा उनले स्पष्ट शब्दमा उत्तर कोरियासँगको व्यापार सहयोग रोक्न आग्रह गरेका थिए। त्यतिमात्र होइन, जापानी मन्त्री ओडाबाराले उत्तर कोरियामाथि कडा नीति लिनसमेत सुझाएका छन्। osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tLibxP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top