Photo of Milford Sound in New Zealand

काठमाडौं, ६ चैत । घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन् । डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन् । उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ ।

‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ । पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।

पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन् । पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन् । कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए । ‘साँझ परेको थियो । घरमा कोही पनि थिएनन् । म भान्छामा काम गर्दै थिएँ । उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो । म चिच्याएँ । तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले भनिन् ।

पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए । काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए । बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे । यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन् । असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन् । साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो । शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन् । उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग-यो । तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन् ।

घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा अहिले केही नबोलौ“ ।’

पीडितको बयान

म डोटी जेजोमाडौं–२ की हुँ । घरको सातवटी छोरीमध्ये म काइँली हुँ । घरको आर्थिक अवस्था निकै कमजोर छ । घरमा खान–लाउन पुग्दैन । पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ । मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपर्थ्यो । साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो । साउनी त ठिकै थिइन् । तर, साउजी साह्रै खराब रहेछन् । उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले । घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे ।

ले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ । पढाइ बिग्रने मलाई ठूलो डर थियो । त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ । तर, ममाथि दुव्र्यवहार बढ्दै गयो । अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ । साथीले शिक्षकलाई भनेछन् । शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे । मैले उजुरी गरेँ । प्रहरीले दोषीलाई पक्राउ गर्यो‍ ।

म अब असुरक्षित भएँ । घरमा बुबालाई भनेँ । बुबा तुरुन्तै आउनुभयो । सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो । तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन । अहिले त उजुरी फिर्ता गर्नुप-यो भन्नुहुन्छ । म अहिले अरूकै शरणमा बसेकी छु । मलाई साह्रै पीडा छ । घरघरी त्यो घटना दिमागमा आउँछ । त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ । तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ । अब म गरौँ ।©पी एन पी खबर

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tyTbdi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top