Photo of Milford Sound in New Zealand

भोजपुर : आफ्नै सौतेनी आमाको निर्मम यातनाबाट एक ५ वर्षीय बालक शक्त घाइते भएका छन् । भोजपुर नगरपालिका वडा नं. १२ टक्सार कोटडाँडास्थित ती अबोध ५ वर्षीय बालक निसान रम्तेललाई उनकी कान्छी आमा उर्मिला रम्तेलले निर्घात कुटपिट गरकी थिइन् ।

छिमेकीको घरमा खेल्न गएको भन्दै बुधबार घरमै कुटपिट गरेकी हुन् । मलिबाँसको लौरोको निर्मम यातनाबाट निसानको अनुहार र ढाडमा चोट तथा निलडाम लागेको छ । पटकपटक उर्मिलाले कुटपिट गर्ने गरेको भन्दै छिमेकीले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका थिए ।

उक्त यातनाको घटनापछि जिल्ला महिला तथा बालबालिका कार्यालयले घटनाप्रति निन्दा गरेको छ । बालकमाथि भएको आघात यातनाप्रति सम्बन्धित बालअधिकारकर्मी, सम्बन्धित जिम्मेवारी निकायहरु मौन रहेको जिल्ला महिला तथा बालबालिका कार्यालय भोजपुरका प्रमुख पुष्पलता उप्रेतीले गुनासो पोख्नुभयो । ‘बालबालिकामाथि हुने जगन्य अपराधको घटना घटिरहँदा सम्बन्धित निकाय जिम्मेवारी व्यक्ति र बालअधिकारकर्मी रमिता हेरिरहेका छन् । आवाज उठाउने तर व्यवहारमा शून्य प्रवृतिले पनि समाज पछाडी परेको छो ।’ उहाँले भन्नुभयो ।

निसानले रुँदै आफूलाई यसअघि पनि धेरै पटक कुटपिट गरिरहने बताए । तर सानीआमाको डरले कसैसँग यो कुरा गर्न नसेकेको स्थानीयबासीले बताए । कुटपिट गर्ने सौतेनी आमा उर्मिलाले आइन्दा गल्ती नदोहोर्‍याउने सर्तमा बुधबार नै मिलापत्रमार्फत माफी गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tXT8Kd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top