Photo of Milford Sound in New Zealand

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचन आयोग समक्ष बुधबार पार्टीगत मान्यताका लागि ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र अनिलकुमार झा सो नाम लिएर निर्वाचन आयोग जानु भएको थियो।

राजपाका नेता केशब झाका अनुसार ८ सय १५ सदस्यीय केन्द्रीय समितिमा ६ सदस्यीय अध्यक्ष मण्डल, सहअध्यक्ष ३, वरिष्ठ उपाध्यक्ष ८, उपाध्यक्ष २४, महासचिव ३१, सहसचिव ३४, सचिव १२, कोषाध्यक्ष ५, सहकोषाध्यक्ष २, प्रवक्ता ६, सहप्रवक्ता १ रहनुभएको छ।

सहअध्यक्ष ३, वरिष्ठ उपाध्यक्ष ८, उपाध्यक्ष २४, महासचिव ३१, सहसचिव ३४, ‘निश्चित कार्य’ सम्पन्न गरुन्जेल अध्यक्षमा ठाकुर नै

१ सय ३४ पदाधिकारीमा तमलोपाबाट २५, सद्भावना पार्टी ३३, तमसपार्टी १९, तमसपा १५ नेसपा २८ र फोरम गणतान्त्रिकबाट १४ जना रहनुभएको छ। यसैगरी ८ सय १५ सदस्यीय केन्द्रीय समितिमा तमलोपा २ सय ५, सद्भावना १ सय ६८, तमसपा १ सय ३१, रामसपा १ सय १, नेसपा १ सय ६० र गणतान्त्रिक ५० जना रहनुभएको झाले बताउनुभयो।

२०७४ साल वैशाख ८ गते ६ वटा पार्टी मिलेर घोषणा भएको राजपा अध्यक्ष मण्डलको अध्यक्ष तमलोपाका अध्यक्ष महन्थ ठाकुर गत वैशाख १९ गतेबाट जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। राजपाको विधान अनुसार दुई दुई महिनामा अध्यक्ष मण्डलका ६ सदस्य चक्रीय प्रणालीबाट परिवर्तन हुने हुँदा ठाकुरको म्याद गत असार १९ गतेबाट सकिएको छ।

राजपाले सबै कुरा सहमति र सहकार्यको नीतिले गरेकोले संविधान संशोधन, स्थानीय निर्वाचन, संसदीय मान्यताका लागि निर्वाचन आयोगमा पार्टी दर्ता लगायतका मुख्य एजेण्डाको कार्यान्वयनसम्म ठाकुरलाई अध्यक्ष दिनु पर्ने हुँदा केही समय उहांँनै अध्यक्ष हुने जानकारी पार्टी नेता राजकिशोर यादवले दिनुभयो।

यादवले भन्नुभयो, ‘आगामी असोज २ गते प्रदेस नं. २ मा हुने तेस्रो चरणको निर्वाचनमा सहभागिता र संविधान संशोधन जस्तो मुख्य बिषय ठाकुर कै नेतृत्वमा सम्पन्न गर्नु पर्ने हुन्छ।’

राजपाका अर्का नेता झाले भने,‘राजपा एकताका समय भएको सहमति अनुसार पार्टीको आगामी बैठकबाट ठाकुरबाट राजेन्द्र महतोमा नेतृत्व हस्तान्तरण हुनेछ।’

राजपाका वरिष्ठ नेताहरु नै पार्टी परित्याग गरी कांग्रेस, एमाले माओवादी केन्द्र, मधेसवादी दलमा प्रवेश गरिरहेको सम्बन्धमा जिज्ञासा राख्दा अध्यक्ष मण्डलका एक सदस्यले एउटा जीवन्त पार्टीमा नेताहरु आउने जाने क्रम भइरहने बताउनुभयो।

उहाँंले भन्नुभयो,‘अन्य पार्टीका जिल्ला, नगर र गाउँ स्तरका नेताहरु राजपामा आइरहेका छन्। राजपा मधेस र मधेसीका लागि संघर्षरत पार्टी भएकोले संघर्षभन्दा सत्ता प्यारो ठान्नेहरु सत्तामुखी पार्टीमा जानु कुनै ठूलो कुरा होइन।’

प्रदेस २ को चुनाव परिणमले रजपा के रहेछ भन्ने कुरा स्पष्ट हुने बताउदै ती नेताले प्रदेस २ म आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो। संविधान संशोधन भएमा आफने पार्टीले स्थानीय तको चुनावमा सहभागी हुने ती नेताले बताउनुभयो।
– अन्नपूर्णबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thgF4X
via IFTTT

0 comments:

Post a Comment

add

 
Top