Photo of Milford Sound in New Zealand

के तपाईंले कहिले आफ्नी आमासँग निर्धक्क भएर सेक्सबारे कुराकानी गर्नुभएको छ ? के सेक्सबारे कुरा गर्नु तपाईंलाई नराम्रो वा लाज लाग्छ ? यदि यसको उत्तर ‘हो’ भने तपाईंले यो भिडियो पक्कै हेर्नुपर्छ । ‘खाने मे क्या हे’ नामबाट युट्युबमा अपलोड गरिएको यो भिडियोमा हनिमुनबाट फर्किएकी छोरीले आमालाई बेडरुमको स–सानो कुरा निकै खुलेर गरेकी छिन् तर एउटा नयाँ तरिकामार्फत ।

ती युवतीले किचनमा कुकुरमा सिटी लागेको, कराईमा मसाला भुटेको बारे वर्णन गर्दै आफ्नो सेक्स लाइफबारे आफ्नी आमालाई जानकारी दिन्छिन् । छोरीले आमालाई आफ्नो चरमोत्कर्षबारे पनि बताउँछिन् ।

ब्लशको तर्फबाट जारी उक्त भिडियोमा छोरीले घरकी सहयोगीको अगाडि नै आमासँग खुलेर कुराकानी गर्छिन् । उनी आमालाई महिलाले आफूलाई मनपर्ने कुराहरु गर्नुपर्ने पनि सल्लाह दिन्छिन् । यो भिडियोको स्क्रिप्ट आकंक्षा सेदा र राधिका आनन्दले लेखेका हुन् जबकी निर्देशन पनि आकांक्षाले नै गरेकी हुन् । जुलाई ९ तारिखमा अपलोड गरेको उक्त भिडियोलाई अहिलेसम्म २० लाखभन्दा बढिले हेरिसकेका छन् ।

कुराकानीकै क्रममा ती युवतीलाई थाहा हुन्छ कि उनकी आमाले कहिले पनि चरमोत्कर्ष हाँसिल गरेकी छैनन् ।

भिडियोको अन्त्यमा आमा आफ्नी छोरीसँगै हाँस्छिन् र सहयोगी पनि दुबैको कुराकानीमा भाग लिन्छिन् । हेर्नुहोस् पूरा भिडियोः
ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tU3PwZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top