Photo of Milford Sound in New Zealand

घरमा बास दिन लगिएकी महिला माथि सामुहिक बलात्कार

असार २७, वीरगन्ज : वीरगन्जको इनर्वामा एक विवाहिता महिलालाइ तीन जना पुरुषले सामूहिक बलत्कार गरेका छन् ।
भारतको बेतिया घर भइ बाराको जितपुरस्थित माइती घरमा बस्दै आएकी २२ वर्षिया महिलालाइ वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वाका ३० वर्षिय तैयब हुसेन, ३० वर्ष कै नूरु अल हक र २९ वर्षिय महम्मद तबरेज अहमदले सामुहिक बलत्कार गरेका हुन् ।

भारत बेतियाको जेलमा १० महिनादेखि कैद सजाय भोगि रहेका आफना श्रीमान्लाइ भेट्न सोमबार साँझ डेढ वर्षको दुधे बच्चालाइसंगै लिएर जितपुरबाट बेतिया हिडेकी महिलालाइ तैयबले सोमबार बेलुकी श्रीपुरमा भेटेपछि बास दिन भन्दै इनर्वास्थित आफनो घरमा लगेका थिए ।

घरमा लगेपछि तैयब तथा उनका दुइ जना साथी नूरुअल र तबरेज तीनै जनाले यौन सम्पर्क राख्न आग्रह गर्दा नमानेपछि आफु्लाइ तीनै जनाले पालै पालो बलत्कार गरेको पिडित महिलाले बताएकी छिन् ।

‘बेतिया जानका लागि जितपुरबाट ट्याम्पु चढेर रक्सौल जादै थिए,टयाम्पुमै तैयब पनि थिए, उनले रात परयो,मेरो घरमा श्रीमती र बालबच्चा पनि छन्, तिमी आज राति मेरो घरमा बस्नु र भोलि बेतिया जानु भनेर आफनो घरमा लगे’मङगलवार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी पिडित महिलाले घटना बारे जानकारी दिदै भनिन्,‘तर तैयबको घरमा पुगेपछि त्यहा उनको घरका कोहि पनि थिएनन्, दुइ जना पुरुष मात्रै थिए, राति उनीहरुले मसंग यौन सम्पर्क राख्न आग्रह गरे तर मैले मानिन् , त्यसपछि तीनै जनाले पालै पालो मसंग जबरजस्ति गरे ।’
मङगलवार बिहान पिडित महिलाले घटना बारे जानकारी गराएपछि प्रहरीले आरोपित तीनै जना पुरुषलाइ वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।

पिडित महिलाको मङगलवार नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराएर महिला र उनको बच्चा दुवै जनालाइ माइती नेपालमा राखिएको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिनु भयो । महिलाको स्वास्थ्य परिक्षणको रिपोर्ट बुधबार आउने र पक्राउ गरिएका तीनै जना आरोपित पुरुषलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा कार्वाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक जोशीले बताउनु भयो ।

रकमको मोलतोल नमिलेपछि बलत्कारको आरोप
पिडित महिलाले आफुलाइ सामुहिक बलत्कार गरेको बताए पनि महिलाको सहमतिमै यौन सम्पर्क गरेको आरोपित तीनै जना पुरुषहरुले बताएका छन् ।
सहमतिमै यौन सम्पर्क गरेपनि रकमको मोलतोल नमिलेपछि महिलाले आफु माथि बलत्कार भएको आरोप लगाएको आरोपित तीनै जना पुरुषहरुले प्रहरीलाइ बयान दिएका छन् ।
सोमबार साँझ वीरगन्जमा भेटिएकी महिलालाइ तैयब र उनका दुइ जना साथीले जनही दुइ दुइ हजार रुपैया गरी ६ हजार रुपैया दिने शर्तमा ती महिलालाइ तैयबको घरमा लगेका थिए । सोमबार राति यौन सम्पर्क गरेपछि मङगलवार बिहान तीनै जनाले ती महिलालाइ पाँच हजार रुपैया दिएका थिए ।
तर शर्त अनुसार एक हजार रुपैया कम भएपछि ती महिलाले मङगलवार बिहान वीरगन्जको घण्टाघर चोकमा सुरक्षार्थ खटिएका प्रहरीलाइ भेटेर आफु माथि बलत्कार भएको बताएकी थिइन् ।
महिलाले गरेको उजुरीको आधारमा प्रहरीले घटना मिलाइ दिने आश्वासन दिएर आरोपित तीनै जना युवकलाइ घण्टाघर चोकमा बोलाएर पक्राउ गरेको हो ।
स्रोत – अन्नपूर्ण पोस्ट डट कम

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sQXnUs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top