Photo of Milford Sound in New Zealand

नायिका शिल्पा पोख्रेल प्रहरी बनेकी छिन् । उनी आगामी चलचित्र ‘वीराङ्गना’मा प्रहरीको भूमिकामा देखिन लागेकी हुन् । चलचित्र ‘वीराङ्गना’ले नेपालको सिमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलाप र अपराधिक गिरोहलाई रोक्न सुरक्षाकर्मीले खेल्ने भूमिकालाई मुल रुपमा उठाएको छ।

यसमा नायिका शिल्पा पोख्रेल सशस्त्र प्रहरीको भूमिकामा देखिने छिन् । नारी प्रधान चलचित्र भएकोले यसको नाम ‘वीराङ्गना’ राखिएको हो । काठमाडौँमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि ‘वीरङ्गना’को घोषणा गरिएको हो ।

चलचित्र ‘वीरङ्गना’को घोषणा कार्यक्रममा नायिका शिल्पा पोख्रेल प्रहरीको पोशाकमा पुगेकी थिईन्। ‘वीरङ्गना’को घोषणा सभामा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

शिल्पा पोख्रेलका साथै फिल्ममा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, सुशिल पोख्रेल, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहनेछ । फोर्थ आई मुभिज प्रा.लिको ब्यानरमा बाबुराम दासले निर्माण गर्ने फिल्मको निर्देशन राजबहादुर सानेले गर्नेछन् । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2svYXim
via IFTTT

0 comments:

Post a Comment

add

 
Top