Photo of Milford Sound in New Zealand

असार २८ – अमेरिका र कतारबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सम्बन्धमा सहमति भएको छ । अमेरिकी विदेश सचिव रेक्स टिलरसन र उहाँका कतारी समकक्षी शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

अरब क्षेत्रका केही देशले कतारसँग गरेको कुटनैतिक सम्बन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे जेदाहमा हुने खाडी देशका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन त्यहाँ पुगेका टिलरसन र कतारबिच यस्तो सहमति भएको हो ।

सहमति अनुसार आतंकवादी संगठनहरुले पाउने गरेको आर्थिक सहयोगहरु रोक्न पहल गरिनेछ । त्यस्तै आतंकवादी गतिविधिहरु रोक्न तथा त्यस्ता कार्य विरुद्ध कारवाही तीब्र बनाउने समेत पहल गरिने सहमतिमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कतारले आतंकवादीलाई सघाएको आरोप लागेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले उसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uPX9hG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top