Photo of Milford Sound in New Zealand

कैलाली, असार २३ – धनगढी उपमहानगरपालिका वडा नम्बर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । ६ नम्बर वडाका बासिन्दा नृपबहादुर ओड नेपाली कांग्रेसको तर्फबाट धनगढी उपमहानगरपालिकामा मेयर पदमा अहिलेसम्मको नतिजाअनुसार अघि हुनुहुन्छ । नृपबहादुरकै वडामा अध्यक्ष भने माओवादी केन्द्रका भागीराम चौधरी विजयी हुनुभएको छ ।

वडाअध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ । वडा अध्यक्षसम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौँ पटक हण्डर खाए । सामान्यभन्दा पनि अति सामान्य भएर जीविका चलाए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मै शिक्षक फुलीराम चौधरीको घरमा कमैया बसेर भागीरामको बालापन बित्यो । मालिकको घरमा काम गर्दै एसएलसी कटाएका भागीराम झण्डै ८ वर्ष कमैया बसे ।

त्यसअघि भागीरामको सिङ्गो परिवार नै कमैया बसेको थियो भने एसएलसी पछि जिम्मेवारी बढेसँगै भागीरामले काम खोज्न धेरै ठाउँ धाए तर योग्यता अनुसारको काम पाएनन् । अन्तिममा उनले जीवन गुजराका लागि रिक्सा चलाउने निधो गरे । ३ वर्षसम्म रिक्सा चलाएका भागीरामले स्याङ्जामा ३ वर्ष होटलको भाडा पनि माझे ।

बिहे गर्ने उमेर नपुग्दै घरपरिवारले बिहे गरीदिएपछि भागीरामाको काँधमा थप जिम्मेवारी आयो । त्यसपछि छोरा छोरी भए । रिक्सा चलाएर र होटलको भाडा माझेर जीविका चलाउन निकै मुस्किल हँुदै गयो । उनले विकल्प रोज्न थाले । सुरुमा फर्निचर बनाउने काम गरे । फर्निचरको काम सिकेर मिस्त्री पेशामा लागेका भागीरामको दैनिकी फेरीन थाल्यो । कमैयाबाट सुरु भएको भागीरामको यात्रा घर निर्माण गर्ने एउटा कुशल डकर्मीसम्म पुग्यो। अहिले धनगढीमा बलिया तथा भूकम्प प्रतिरोधात्मक भएको भवन बनाउने डकर्मीमा भागीरामको नाम अग्रस्थामा आउँछ ।

डकर्मी भएर ५० भन्दा बढी घर निर्माण गरीसकेका भागीरामलाई अब धनगढी उपमहानगरपालिका वडा नम्बर ६ बनाउने मौका मिलेको छ । डकर्मी वडा अध्यक्षको उम्मेदवार बनेपछि धेरैले कुरा काटे घर बनाउनेले समाज कसरी बनाउला भनेर । तर वडा नम्बर ६ का बासिन्दाले भागीरामलाई विश्वास गर्दै वडा अध्यक्षमा विजयी गराएका छन् । जितपछि भागीरामले भने घर निर्माण बनाउने हातले अब ६ नम्बर वडाको विकासको रेखा कोर्ने छ । ‘अब वडा नम्बर ६ को जग हाल्छु, ५ वर्षमा एउटा सुविधा सम्पन्न घर निर्माण गर्नका लागि तर त्यो घर कति तलाको हुन्छ त्यो भने समयले नै बताउने छ’ उहाँले भन्नुभयो ।

वडा अध्यक्षमा विजयी भएका भागीरामको बसोबास अहिले पनि एलानी पर्ती जग्गामा छ । एलानी जग्गामा बसेकालाई लालपुर्जा दिन्छु भनेर यसअघि भएका पहिलो संविधान सभाको निर्वाचन, दोश्रो संविधान सभाको निर्वाचन र उप निर्वाचनमा दलहरुले भागीराम जस्तै भूमिहीनलाई भोट बैंकको रुपमा प्रयोग गरे । तर कसैले पनि लालपुर्जा दिनका लागि पहल गरीदिएन अब भागीराम त्यो ठाउँमा आफै पुग्नुभएको छ । उहाँले के गर्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2svxzgE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top