Photo of Milford Sound in New Zealand

काठमाडौँ । “उ जितेर गई या हारेर गई” जस्तो लोकप्रिय गीतका गायक राज सिग्देल श्रीमतीको प्रहार बाट गम्भिर घाईते भई मानसिक अस्पताल पाटनमा उपचाररत अवस्था बाट पनि फरार भ​एका छन​। यो कुनै साँचो घटना नभ​एर उनको पछिल्लो समय रिलिज भ​एको नयाँ गीतको म्युजिक भिडियो भित्र रहेको कथा घटना हो।

गायक स्वयंले नै अभिनय गरेको उक्त भिडियोमा उनी एउटा कुशल नायकको रुपमा पनि देखिएका छन​। गायक राज सिग्देलको भाईब्स कृयसन मार्फत बजारमा आएको नयाँ एल्बम “तस्बीर​” मा समावेस गीत “आँखामा कुनै सपना छैन​” रिलिज भ​एको छ। हरी बस्ताकोटीको शब्द रचना रहेको गीतको सङ्गीतकार भने हरी लम्साल हुन​।

म्युजिक भिडियोमा आफ्नी श्रीमतीलाई सबै थोक देख्ने तर श्रीमती को चाल चलन भने अस्वभाविक रहँदा श्रीमानको अवस्था कस्तो रहन्छ भन्ने कुरालाई मार्मिक ढंग बाट देखाईएको छ​। युवराज वाईवाको निर्देशन रहेको म्युजिक भिडियोलाई उत्सव दाहालले छाँयाकन गरेका हुन​।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhjaZG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top