Photo of Milford Sound in New Zealand

पोर्चुगल तथा रियल मड्रिडका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी आमा अरुको घरमा खाना पकाउने काम गर्थिन् भने बुबा नगरपालिकामा मालीको काम गर्थे ।

व्यवसायिक फुटबल खेल्न थालेपछि उनको जीवनमा क्रमिक सुधारका दिनहरु देखिन थाले । म्यानच्यास्टर युनाइटेड क्लबबाट सफलता पाएपछि उनले रियल मड्रिड क्लब जाने निधो गरे । विश्कै सबैभन्दा महँगो खेलाडी बन्दै उनी रियल मड्रिड गए ।

रोनाल्डोको हाल ५६ मिलियन डलर तलब रहेको छ । उनले इण्डोर्समेन्टबाट ३२ मिलियन डलर कमाउने गर्छन् । उनको बार्षिक आम्दानी ८८ मिलियन डलर रहेको छ । उनको नेटवर्थ २८० मिलियन डलर रहेको छ ।

उनी कारका निकै सौखिन व्यक्ति हुन् । उनीसँग १९ वटा कारहरु रहेका छन् ।

कारहरु

लाम्बोर्गिनी एभेनटाडोर एल्पी ७००–४ः ३,२०,००० अमेरिकी डलर

फेरारी ५९९ जिटिओ–३,८५,००० अमेरिकी डलर

बुगाटी भेरोन–१.७ मिलियन डलर

बेन्टले जिटी स्पोर्ट–३,२०,००० अमेरिकी डलर

प्राइभेट जेट

गल्फस्ट्रिम जि२००–२०.१८ मिलियन डलर

nepalipatra

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vrEmci
via IFTTT

0 comments:

Post a Comment

add

 
Top