Photo of Milford Sound in New Zealand

“म यस्तो गीत गाउँछु” ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । सिनेमाले सुखद ओपनिङ संगै २ करोड ७० लाखको व्यापार गरेको छ । यो वर्ष रिलिज भएको सिनेमा मध्ये यो सिनेमाले निकै चर्चा कमाएको छ । प्रचार प्रचार सहित एक करोड पच्चिस लाखमा बनेको सिनेमाले बक्स अफिसमा राम्रो नाफा कमाएको निर्माण पक्षको दावी छ । सिनेमामा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ भने अर्जुन पाख्रेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमालाई सुर्दशन थापा र पूजा शर्माले निर्माण गरेका हुन ।

होस्टेल, होस्टेल रिर्टन्स र सायद जस्तो सिनेमा निर्देशन गरेका सुनिल रावलको सिनेमा सायद-२ पनि यही साता शुक्रबार रिलिज भएको थियो । यो सिनेमालाई दुर्गिश फिल्मस्ले निर्माण गरेको हो । लभ स्टोरी सिनेमा सायद-२ ले भने ५५ पर्दाबाट ३० लाख २६ हजारको ग्रस कलेक्शन गरेको छ । व्यापारिक रुपमा असफल भए पनि सिनेमालाई क्रिटिक्शले राम्रो प्रतिक्रिया दिएका छन । सिनेमामा सुशिल श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे, स्यारोन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अमृत ढुङ्गानालाई भने सिनेमामा धेरैले रुचाएका छन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u4kEFu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top