Photo of Milford Sound in New Zealand

जुम्ला । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । सातौं गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् ।

मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् ।

चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । मंगलबार बिहान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेकी उनलाई बेलुका ६ बजे व्यथा लागेको र ८ः३० बजे बच्चा जन्मेको डा.अर्यालले बताए । ‘उनको बच्चा जन्म्यो तर थाम्नै नसकिने गरी पाठेघरबाट रगत अत्यधिक मात्रामा बग्न थाल्यो । यो दृश्यले हामीलाई निकै बिचलित बनायो,’ डा।अर्यालले भने ।

उनले अगाडि भने, ‘पाठेघरदेखि भित्रसम्म फुटेको रहेछ, रगत थाम्नलाई हामी प्रतिष्ठानका चिकित्सक, विद्यार्थी सबै लाग्यौँ र पाठेघर पनि काटेर फाल्यौँ ।’ त्यो अवस्था देख्दा आफूहरुले उनी बाँच्छिन् भन्ने आशा पाँच प्रतिशत मात्र राखेको उनको भनाइ थियो ।

डा।अर्यालका अनुसार सुर्पनाको शरीर रगत सकिएर सेतो भइसकेको थियो । डा।अर्यालसँगै उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकद्वय रमेश भट्टराई र राजीव शाहले शुरुमा रगत दिएसँगै त्यहाँ अध्ययनरत विद्यार्थीले पनि उनलाई रगत दिए ।

एकातिर रगत अर्कोतिर अक्सिजन दिँदै गर्दा राति २ बजिसकेको र त्यतिबेलासम्म उनी होसमा नआएको डा।अर्यालले जनाए । तथापि आधा घन्टाभित्र नै सुर्पनालाई नौ पिन्ट रगत चढाइएको उनको भनाइ थियो ।

सुर्पनाले पुनर्जन्म पाउनुमा विगतदेखि रक्तदान गर्दै आएको नेपाली सेना र नेपाल प्रहरीको पनि पनि योगदान रह्यो । उनको जीवन बचाउन भगवती दल गण जुम्लाका जवानसँगै गणपति सुशीलकुमार थापाले पनि रक्तदान गरे ।

सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीको टोलीपनि रातको बीचमा रक्तदान गर्न त्यहाँ पुग्यो । चिकित्सक, नर्स, विद्यार्थी सहितको प्रतिष्ठान परिवार, सेना, प्रहरीको सामुहिक प्रयासबाट दिइएको १४ पिन्ट रगतबाट उनले पुनर्जन्म पाएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

पाठेघर दुई टुक्रा भएर जीवन मरणको अन्तिम अवस्थामा पुगेकी एउटी आमाको जीवन बचाएर बाल भविष्य सुरक्षित गर्ने चिकित्सक, नर्स, विद्यार्थी, सेना र प्रहरी सबैको प्रयासप्रति गर्व गर्दै रजिस्ट्रार काफ्लेले हार्दिक धन्यवाद पनि ज्ञापन गरेका छन् । चिकित्सक अर्यालले उनको अवस्था अहिले सामान्य रहेको जनाएको खबर राससले सम्प्रेषण गरेको छ ।

उनका श्रीमान् जयबहादुर हमालले प्रतिष्ठानमा नपुर्‍याएको भए श्रीमती र छोरा दुवैको ज्यान अकालमा जाने बताए । प्रतिष्ठानले यति ठूलो काम गर्छ भन्ने नबुझेका उनले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई जीवन दिने सबैलाई भगवान्को संज्ञा दिए ।

प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले कर्णालीका दर्जनौँ नागरिकको जीवनदाता बनेर नेपाली सेनाले ठूलो गुण लगाएको जनाए । उनका अनुसार प्रतिष्ठानका अधिकतम जटिल घटनाको सारथी नेपाली सेना बन्दै आएको छ ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tuluJK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top