Photo of Milford Sound in New Zealand

काठमाडौं, २१ असार । बलिउडका दुई सुपरस्टार सलमान खान र साहरुख खानको दोस्ती पछिल्लोसमय जमेको छ । कुनै बेला एक अर्काको नाम समेत लिन नचाहाने यी दुईबीचको दोस्ती कतिपयले डाहा गर्ने स्थितीमा पुगेको छ ।

यी दुई खानलाई दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । साहरुखको पैचो तिर्दे सलमानले पनि साहरुख अभिनित एक चलचित्रमा विशेष भूमिका निर्वाहा गरेका छन् । ३ दिनको सेड्युल बनाएर उनीहरुले एक गीतको छायांकन यशराज स्टूडियोमा गरिरहेको बताइएको छ ।

साहरुखको मुख्य भुमिका रहेको आनन्द एल रायको चलचित्रमा अतिथी कलाकारको रुपमा सलमान देखिने भएपछि साहरुखले सलमानलाई महंगो कार उपहार दिएका छन् ।

पहिलो दिन चलचित्रको गीतको सुटिङ थियो । सलमान आफ्नो सुटिङ छाडेरै शाहरुखको सुटिङमा आए । उनै, सलमानलाई साहरुखले सरप्राइज स्वरुप लक्जरी कार उपहारमा दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sIEpDy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top