Photo of Milford Sound in New Zealand

असार ३०, दमक : संविधानले अन्तरजातीय विवाहलाई मान्यता दिइसकेको छ। तर, अझै पनि समाजमा अन्तरजातीय विवाह गरेका जोडीहरु स्थापित हुन सकेका छैनन्। अन्तरजातीय जोडीलाई अझै पनि समाजले मान्यता दिएको अवस्था छैन। उनीहरुलाई विभिन्न किसिमले छुटाइने गरिएको छ। यस्तै समस्यामा परेका छन् ।

अन्तरजातीय विवाह गरेको झापा दमकको एक जोडी। १४ जेठमा भागेर अन्तरजातीय विवाह गरेका एक जोडीलाई समाजले आफूहरुलाई छुटाउन खोजेको भन्दै दुखेसो गरेका छन्। संखुवासभा घर भई हाल सुनसरीको इटहरी २ बस्ने २० वर्षीय सपन गदाल (विश्वकर्मा) र विराटनगर ११ की २० वर्षीय अनुसा खड्कालाई छुटाउन खोजेको भन्दै उनीहरुले दुखेसो गरेका हुन्।

उनीहरुले झापाको दमकमा आफन्तको घरमा पत्रकार सम्मेलन गर्दै केटी पक्षका परिवारले केटा पक्षका परिवारलाई पटक–पटक दबाब दिएको भन्दै उनीहरुले प्रहरीसमक्ष जाने बताएका हुन्। अनुसा भन्छिन्,‘हामी दुवैजनाको सहमतिमा प्रेम विवाह गरेका हौँ, तर मेरो परिवारले सपनको परिवारमा सानो जातँंग गएको भन्दै पटक–पटक प्रेसर दिनुभएछ, त्यसैले हामी इटहरी प्रहरीमा जाँदै छौं, हाम्रो उमेर पनि पुगेको छ, तर जातका आधारमा छुटाउन खोजिँदै छ।’ आफूहरु आफन्तले छुटाउँने डरमा करिब डेढ महिना देखि केटा पक्षको आफन्तकोमा लुग्दै बसेको अनिसा बताउँछिन्।

विराटनगरस्थित एभरेस्ट माविबाट दुवैजनाले कक्षा १२ को परीक्षा दिएपछि विवाह गरेको बताएका छन्। सपनले पनि आफूहरुलाई नछुटाउन आग्रह गरे। उनले भने,‘हामीले सच्चा प्रेम गरेर विवाह गरेका हौं, हामी आफैं गरिखान सक्ने भएका छौं, हामीलाई नछुटाउन आग्रह गर्छौं।’ उनीहरुले गत जेठ २८ गते झापाकास्थित कनकाई माई मन्दिरमा विवाहसमेत गरेको बताएका छन्। सपन भन्छन्,‘हामीलाई तल्लो जातिले छोरी लगेको भनेर छुटाउन खोजिँदै छ।’ सपनका बुबा हेमकुमार गदालले केटी पक्षका परिवारले आफूहरुलाई पटक–पटक धम्की दिएको बताएका छन्।

उनले भने, ‘२०÷२५ जना केटाहरुले राति घर घेरेर हामीले प्रेसर दिइरहेका छन्, हामीलाई आतंकित बनाउने काम गरियो।’ घरमा आएका एक हुल मानिसहरुले घर खानतलासी गरेको समेत उनले बताए। उनले भने, ‘अन्तरजातीय विवाहले मान्यता पायो भन्छन्, तर हामीले अहिले पनि मानसिक यातना भोगिरहनु परेको छ।’ उनले केटा र केटीलाई प्रहरीमा बुझाइने र कानुनअनुसार अघि बढ्ने बताए।

उनले भने, ‘केटी पक्षका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा तुनामुना लगाएर भगाएको भन्ने उजुरी गरेका रहेछन्, हामीले धेरै प्रेसर भोग्नुपरेकाले आजै प्रहरीसम्म जाँदैछौं, अब कानुनअनुसार अघि बढ्छौं।’ हेमकुमारले जातीय भेदभावका आधारमा केटा केटीलाई छुटाउन नहुने बताए।

source :- satyasamachar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t0lKiE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top