Photo of Milford Sound in New Zealand

फोनको घन्टी बज्यो र उताबाट दुखद खबर मिल्यो। ८२ बर्षको बृद्धलाई जब दिमागी रुपले बिरामी ५७ वर्षीय छोराको मृत्युको खबर मिल्यो उसलाई विश्वास लागेन। थाहा भयो कि एउटा स्टोरमा उसको छोराको मृत्यु भयो। उनले भारी मनले भने उनि शव शनाखतको लागी आउन तयार छन्। उताबाट जवाफ मिल्यो कि औलाको निशानको आधारमा शवको पहिचान गरियो।

पुरा परिवार आघातमा थियो। भारी मनले नै ठिक तर परिवारले पुरै मान-सम्मानले छोरालाई सबैले बिदा गरे। अन्तिम संस्कारमा करिब १७ लाख रुपया खर्च भयो।
‘द ओसीआर’को अनुसार ११ औ दिनमा फेरी फोनको घन्टी बज्यो र यो चोटी परिवारलाई जुन खबर मिल्यो यो उनीहरुको लागी अचम्मको कुरा पनि थियो र खुशीको खबर पनि थियो। अर्को तर्फबाट आवाज आयो ‘हाइ ड्याड’ आवाज सुन्ने बित्तिकै पहिला त उनको होश उड्यो।

जब वास्तविकता थाहा पाए आँखामा खुसीको आँशु छल्किए।
सबै छानबिनपछि थाहा भयो कि अधिकारीहरुले जसलाई उनको छोरा भनेका थिए त्यो अरु कोई थियो। आखिरमा घरको दीपक फर्केर आयो। क्यलोफोर्नियामा घटेको यो घटना कसैसँग नि हुनसक्छ। त्यसले परिस्थिति चाहे जस्तै होस धैर्य गर्नुपर्छ र सोचेर सम्झेर फैसला गर्नुपर्छ। – एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uorHJE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top