Photo of Milford Sound in New Zealand

ग्याजेट्सको प्रयोग गर्ने सोख आजभोलि सिर्फ युवाहरुमा मात्र सीमित छैन । हरेक उमेरका मानिसहरु यसको प्रयोग गर्छन । कसैलाई यसको जरुरी छ भने कसैलाई प्रयोगको लत लागेको छ । अझ मोवाइलको कुरा आयो भने त कुरै नगर्नोस् । हरेक मानिसको चाहना हुन्छ कि महंगो भन्दा महंगो मोलाइल किनुँ । पछिल्ला केहि बर्षमा मानिसहरुमा आइफोनको आदत निक्कै बढेको छ । कम्पनीले नयाँ मोडल सार्वजनिक गर्न पाएको हुँदैन, मानिसहरु त्यसलाई खरिद गर्न लाइन लाग्छन् ।

यो नसोच्नुहोस् कि भनेजस्ता मोबाइल बजारमा छैनन् । हरेक प्रकारका मोवाइल तपाईले पाउनुहुनेछ । मात्र गोजी खुकुलो पार्नुहोस् । जस्तै हिरा जडित आइफोनको मूल्य करीव साढे नौ करोड डलर पर्छ । यदि तपाईंको गोजी यति महंगो फोन किन्ने अनुमति दिँदैन भने पनि केहि छैन । तपाईंसँग कम मूल्यका आइफोन छ भनेपनि तपाई धनी नै हुनुहुन्छ । किनभने हरेक आइफोनमा सुन, चाँदी, काँस, मोती लगायतका धातुहरु जोडिएको छ । यी बहुमूल्य धातुहरु आगामी दिनहरुमा अझै मूल्यबान हुनेछन् । जति बढी मोवाइलको उत्पादन भइरहेको छ, त्यतिनै बढी यी धातुहरुको पनि प्रयोग भइरहेको छ ।

एक दिन यस्तो आउनेछ कि खानीहरुमा यी धातुहरु सकिनेछन् । यदि यस्तो भयो भने तपाईंको मोवाइल महंगो मात्रै हुनेछैन बहुमूल्य नै हुनेछ । एक स्मार्टफोन यत्रो हुन्छ जुन तपाईंको गोजीमा अटोस् । तर, यस सानो फोनमा थुप्रै मुल्यवान धातुहरु हुन्छन् । एक आइफोनमा ०.०३४ ग्राम सुन, ०.३४ ग्राम चाँदी, ०.०१५ ग्राम प्यालेडियम, १५ ग्राम तामा र २५ ग्राम आल्मुनियम हुन्छ । यतिमात्रै होइन यसका अलावा अन्य थुप्रै बहुमूल्य धातुहरु फोनमा राखिएको हुन्छ, जस्तै, ल्याटिनम, बाइट्रियम, टर्बियम आदि ।

यसका अलावा काँच, प्लास्टिक र अथ्य थुप्रै कुराहरु फोनमा प्रयोग गरिन्छ । यो सबै कुराहरु निक्कै थोरै मात्रामा एउटा स्मार्टफोनमा प्रयोग गरिन्छ तर, जति धेरै सङख्यामा फोनको उत्पादन हुन्छ त्यतिनै बढी मात्रामा यस्ता दुर्लभ धातुहरुको प्रयोग हुन्छ । आजको दिनमा संसारभर करीव २ अर्व मानिसले स्मार्टफोन बोक्छन् । यो सङख्या हरेक पल बढीरहेको छ । यसबाटै अनुमान लगाउन सकिन्छ कि कति धेरै मात्रामा धातुको प्रयोग भइरहेको छ ।

एक टन कच्चा सुनबाट जति सुन निकाल्न सकिन्छ त्यसको तीनसय गुणा बढी एक टन आइफोनबाट निकाल्न सकिन्छ । यसै अनुरुप एक टन कच्चा चाँदीबाट निस्कने चाँदीभन्दा त्यतिनै मात्राको आइफोनबाट निस्कने चाँदी ६ गुणा बढी हुन्छ । मानिसहरु आफ्नो कपडाजस्तै गरेर फोन परिवर्तन गर्न थालेका छन् । औषत रुपमा संसारमा ११ महिनामा एक व्यक्तिले आफ्नो मोवाइल परिवर्तन गरिरहेको छ । किनकि यसबीचको समयमा नयाँ फिचर्ससहित नयाँ फोनहरु आइरहन्छन् र नयाँ किन्न चाहन्छन् ।

हामी पुरानो फोन फालिदिन्छौं । त्यो कवाड बनिसकेको हुन्छ । बढीमा १० प्रतिशत मोबाइलबाट मात्र त्यसमा जोडिएका धातुहरु निकालिन्छ वा अर्को मोवाइलमा प्रयोग गरिन्छ । एक अनुमानका अनुसार १० लाख मोवाइलबाट करीव १० टन तामा, ३५० किलो चाँदी, ३४ किलो सुन र १५ किलो प्यालेडियम निकाल्न सकिन्छ ।

इलेक्ट्रोनिक फोहोर आजको दुनियामा एक ठूलो चुनौती बनेको छ । यस फोहोरबाट खतरनाक केमिकल निस्कन्छ, जुन स्वास्थ्यका लागि निक्कै खतरनाक हुन्छ । धनी मुलुकका यस्ता फोहोर धेरैजसो भारत र चीन निर्यात गरिन्छ । जहाँ गरीव मानिसले फोहारबाट उपयोगी कुराहरु बाहिर निकाल्ने रोजगारी पाउँछन् ।

चीनको दक्षिणी शहर गुइयु संसारको सबैभन्दा ठूलो यस्तो फोहोरको बजार छ । यहाँ गरीव बालबालिका र बेरोजगार मानिसहरु यसलाई फुटाउँछन् । यस्ता फोहोरलाई गलाउनका लागि थुपै्र पटक खतरनाक केमिकलको पनि प्रयोग गरिन्छ । यस्तो फोहोरबाट क्रोमियम, सिसा र पारोजस्ता नोक्सान पुर्याउने धातुहरु निस्कन्छन् । जुन स्वास्थ्यका लागिमात्रै हानिकारक छैन यसले हावा र पानी दुवै प्रदुषित बनाउँछ ।

जुन मुलुकले आफ्नै देशमा यस्ता फोहोरको पुनर्प्रयोग गरिरहेको छ, उनीहरुलाई पनि यस्ता चुनौतिको सामना गरिरहनुपरेको छ । अब सवाल यो हो कि यस समस्याबाट छुटकारा कसरी पाइएला ? सबैभन्दा पहिला मानिसहरु छिटो छिटो फोन परिवर्तन गर्ने बानी सुधार्नुपर्छ । तर यतिले मात्रै समस्या सुल्झिन्न । किनकि अहिलेका उपभोक्तालाई फोन फेर्ने बानी भइसक्यो ।

अष्ट्रेलियाको न्यु साउथ वेल्सकी प्रोफेसर बिना सहाजवाला भन्छिन् कि हरेक इलाकामा माइक्रो फ्याक्ट्री हुनुपर्छ । जहाँ होसियारीपूर्वक इलेक्ट्रोनिक फोहोरबाट आवश्यक चिज निकाल्न सकियोस । यस्ता फ्याक्ट्रीमा मानिसको स्थानमा रोवोटद्वारा स्वचालित मेसिनहरु जडान गर्नुपर्छ । अनलाइनखबर

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uPnT21
via IFTTT

0 comments:

Post a Comment

add

 
Top