Photo of Milford Sound in New Zealand

हाँस्यकलाकार तथा निर्माता जितु नेपाल बैंकक उडेका छन् । केहिबेर अघि नेपाल बायुसेवा निगमको उडानमार्फत उनी बैंकक उडेका हुन् । सामाजिक सञ्जालमा दुईओटा फोटो अपलोड गर्दै जितुले लेखेका छन्, ‘नेपाल वायुसेवामा नेपाल परिवार बैंककको यात्रामा… पारिवारिक वाताबरणमा रमाउदै नेपाल वायुसेवाबाट यात्रा गर्न सबैमा अनुरोध गर्दछु…।’

उनी श्रीमती मुना, छोरी समृद्धि र छोरा सक्षमको साथमा बैंकक गएका हुन् । आजै छोरीको जन्मदिनसमेत परेका जितु नेपाल वायुसेवा निगमको ब्राण्ड एम्बेस्टर पनि हुन् । निगमले जितुलाई २०७२ माघ ०२ गते आफ्नो ब्राण्ड एम्बेस्टरमा नियुक्ति दिएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v8HJ8k
via IFTTT

0 comments:

Post a Comment

add

 
Top