Photo of Milford Sound in New Zealand

काठमाडौं : राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्समा यात्रा गर्न चाहने यात्रुले विश्वका जुनसुकै स्थानबाट टिकट लिन पाउने भएका छन्।
नेपाल वायुसेवा निगमले आइतबारबाट अनलाइन बुकिङ सुरु गरेको हो।

यो सँगै निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगमका संचालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले अनलाइन बुकिङ सेवाको समुद्घाटन गर्नु भएको छ।

उहाँले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग गर्दै त्यस तर्फ थप प्रयास आवश्यक रहेको बताउनु भएको छ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आवद्ध गरिने निगमले जनाएको छ।

उक्त अवसरमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँनयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताउनु भयो। उहाँले आफ्ना ग्राहकलाई अनलाइन बुकिङमा समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ। annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t42DUU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top