Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २० – नेपालमा पनि तीव्र गतिको विद्युतीय रेल निर्माणको काम धमाधम भइरहेका छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर सानो बजेटमै भए पनि झापाको काँकडभित्तादेखि कैलालीको गड्डा चौकीसम्मको ९ सय ४५ किलोमिटर लामो पूर्वपश्चिम रेल मार्गको निर्माण विभिन्न खण्डमा क्रमिक रुपमा भइरहेको छ । छिमेकी भारत र चीनलगायत विश्वका धेरै देशले रेल मार्ग निर्माणलाई गति दिएसँगै नेपालमा पनि रेलको निर्माण गर्नुपर्छ भन्ने नीति सरकारले लिएको छ ।

सरकारले पूर्वपश्चिम विद्युतीय रेल मार्गलाई राष्ट्रिय गौरवको आयोजना अन्तरगत राखेर ६ वर्षदेखि निर्माण थालेको छ । आयोजनाका लागि चालु आर्थिक वर्षमा ४ अर्ब विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि ४ अर्ब २ करोड पुर्‍याइएको छ । महिन्द्र राजमार्गसँग समानान्तर भएर जाने पूर्वपश्चिम रेल मार्गको निर्माण विभिन्न खण्डमा धमाधम भइरहेको हो ।

मुख्य गरी पूर्वपश्चिम रेल मार्गलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ । महोत्तरीको बर्दिबासदेखि झापाको काँकडभित्तासम्मको खण्ड, बर्दिबासदेखि रुपन्देहीका बुटवल खण्ड र बुटवलदेखि कैलालीको गड्डाचौकी खण्ड । यीमध्ये केही खण्डमा निर्माण कार्य अन्तिम चरण पुग्न लागेको छ भने कुनै खण्डमा विस्तृत परियोजना रिपोट तयार भएको छ भने कुनै खण्डमा तयार हुने क्रममा छ ।

अहिलेसम्म बर्दिबासदेखि बुटवलसम्मको ३ सय ७२ किलोमिटर खण्डको विस्तृत आयोजना रिपोर्ट तयार भइसकेको छ । जसमध्ये बर्दिबासदेखि लाबन्दीसम्मको ३० किलोमिटर खण्डमा रेलको ट्रयाक बेड निर्माणको काम अन्तिम चरणमा पुगेको भने बाँकी काम आगामी आर्थिक वर्षको मध्यसम्म सकिँदै छ ।

यस भागमा बनाउनुपर्ने सातमध्ये दुईवटा कालिन्जोर र फुलजोरको निर्माण सकिन लागेको छ भने बाँकी ठेक्काको चरणमा छन् । लालबन्दीदेखि निजगढसम्मको थप ७० किलोमिटर क्षेत्र ठेक्का दिने तयारी भइरहेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायको भनाइ छ । लालबन्दीदेखि निजगढसम्म बनाउनुपर्ने १९ वटा पुलको पनि विस्तृत आयोजना रिपोर्ट तयार भइसकेको छ । मध्य खण्डमा भएको कामको प्रगति हेर्दा आगामी दुई वर्षभित्र जयनगर जनकपुर, बर्दिबास हुँदै लालबन्दीसम्म रेल चलाउन सकिने जानकारी दिनुहुन्छ, स्थलगत अनुमगनपछि संसदको विकास समितिका सदस्यसमेत रहनुभएका इन्जिनियर डा. शिवजी यादव । यो खण्डको निर्माण सम्पन्न भएपछि नेपालभित्रै झण्डै एक सय किलोमिटार आधुनिक रेल मार्ग निर्माण हुनेछ ।

सर्लाहीको लालबन्दी नजिकै कालिन्जोर खोलामा निर्माणको अन्तिम चरणमा रहेको दुई सय ७५ मिटर लामो पुल

बर्दिवासबाट पूर्व काँकटभिट्टसम्मको २ सय ६२ किलोमिटर खण्डको विस्तृत आयोजना रिपोर्ट आउँदो असोजभित्र तयार हुँदै छ । त्यस्तै बुटवलदेखि कैलालीको गड्डाचौकीसम्मको ४ सय २१ किमी क्षेत्रमा भर्खरै डिपिआरको काम सुरु भएकाले अबको १५ महिनाभित्र सकिने रेल विभागको दाबी छ । नेपालमा विद्युतीय रेल मार्ग बनाउन प्रतिकिलामिटर ४० करोड लाग्ने प्राविधिकहरुको भनाइ छ । पूर्वपश्चिम विद्युतीय रेल मार्ग राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वको आयोजना भएकाले सरकारले पर्याप्त बजेट विनियोजनाका लागि ध्यान दिनु आवश्यक छ ।
पूर्वपश्चिम रेलले एसिया र युरोप जोड्ने

पूर्वपश्चिम रेल एसिया र युरोप जोड्ने मुख्य रेल मार्गको अंश बन्न सक्ने विज्ञहरुको भनाई छ । सिंगापुर र हंकङबाट सुरु भएर फ्रान्सको स्पेनमा टुंगिने ट्रान्स एसियन रेल्वेको अंग पूर्वपश्चिम रेल मार्ग बन्न सक्ने रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्याय जानकारी दिनुहुन्छ । एसिया युरोप जोड्ने यो रेल मार्ग हङकङ र सिंगापुरबाट सुरु हुँदै बंगलादेश, नेपाल, भारत पाकिस्तान, अफगानिस्तान, इरान र टर्की हुँदै स्पेन पुग्नेछ । यसको लम्बाई १४ हजार ३ सय २० किलोमिटर हुनेछ । नेपालबाट यो मार्ग लान पर्याप्त कुटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uGKkW9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top