Photo of Milford Sound in New Zealand

काठमाडौं : सरकारले विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू गरे आगामी साउन १ गतेदेखि सबै स्वदेशी निजी तथा विदेशी च्यानल बन्द हुने भएका छन्। क्लन फिड लागू गर्दा नेपालका सबै नेपाली च्यानल देखाउन भने सकिने भए पनि सरकारलाई दबाब दिन नेपाल टेलिभिज, एनटीभी प्लस र एनटीभी न्युजका ३ वटा च्यानल मात्रै देखाउने निर्णय भएको केबल व्यवसायी महासंघले जनाएको छ।

नेपाल केवल टेलिभिजन महासंघ, विदेशी सशुल्क च्यानल वितरक र डिस होम नेपालले संयुक्त रूपमा आइतबार प्रधानमन्त्री तथा सूचना तथा सञ्चार मन्त्रालय समक्ष ज्ञापनपत्र पेश गर्दै यस्तो निर्णय गरेका हुन। व्

यवसायीले विभिन्न प्राविधिक समस्यालाई औल्याउँदै सरकारले आगामी साउन एकदेखि क्लिन फिड नीति २०७३ कार्यान्वयन गर्ने नसकिने बताएका छन्। यदि यो नीति कार्यान्वयन आएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीबाट प्रशारण भएका स–शुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानीयय केवल टीभी बन्द गर्ने ज्ञापनपत्र व्यवसायीले सरकारलाई बुझाएका छन्।

‘हाललाई क्लिन फिड नीति आर्थिक तथा प्राविधिक रूपले कार्यान्वयन गर्न नसकिने भएकोले सरकारले नीति लागू गरे बाध्य भएर व्यसायीले सबै च्यानल बन्द गर्ने निर्णय गरेको नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो।

उहाँका अनुसार सरकारले साउन १ गतेदेखि लागू गर्ने तयारी गरेको क्लिन फिड नीति रद्द गर्नुपर्छ। त्यसपछि कार्याकाल बढाएर वा व्यवासायीलाई समय दिएर वा नेपाल फिड बनाएपछि कसरी लागू गर्ने भन्ने विषयमा आपसी छलफलबाट मात्रै तय गर्न सकिन्छ।

‘अहिलेको लागि भने यो नीति कार्यान्वयन नै रद्द गर्नुपर्ने भन्ने हामी सम्पूर्ण व्यवसायीको माग हो अन्यथा कुनै पनि टेलिभिजन च्यानल प्रसारण गर्न सकिदैन’, पराजुलीले भन्नुभयो।

तीनवटै व्यवसायीले सरकारले लागू गर्ने तयारी गरेको विज्ञापन रहित नीति, २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको दाबी गरेका छन्। सरकारले भने विज्ञापन रहित नीति, २०७३ साउन १ देखि नै कार्यान्वयन गर्ने र सबै विदेशी च्यानल विज्ञापन रहित हुनुपर्ने दाबी गर्दै आएको छ।

अहिले नेपालमा प्रशारण भइरहेको ९५ प्रतिशत च्यानल विज्ञापन सहितका विदेशी च्यानल छन्। ती च्यानलको कुनैले पनि नेपालको लागि छुट्टै विज्ञापन रहितको नेपाल फिड बनाएका छैनन्।

भारतीय प्रसार फोरम (आइबीएफ)ले पनि नेपाललाई क्लिन फिड उपलब्ध गराउनै नसकिने जानकारी गराएको विदेशी स–शुल्क च्यानल वितरक ध्रुव शर्मा बताउनु हुन्छ। उहाँले पनि नेपालमा विदेशी च्यानलको अलग्गै फिड नभएकाले क्लिन फिड लागू गर्न सम्भव नभएको बताउनुभएको छ।

विदेशी च्यालनले क्लिन फिड दिए पनि अधिक शुल्कका कारण नेपाली उपभोक्ताले च्यानलको शुल्क भुक्तान गर्न नसक्ने दाबी पराजुलीको छ।

विज्ञापन रहित नीति लागू भए नेपालमा केवल च्यानलमा भएको अर्बौ रुपैयाँको लगानी पनि खेर जाने दाबी व्यवसायीको छ। नेपाल भू–परिवेष्ठित देश भएको, खुला सीमानाका कारण विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनी धरासाई हुने देखिएकोले पनि विज्ञापन रहित नीति, २०७३ रद्द गर्न आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख छ।

क्लिन फिड लागू गर्दा नेपालका सबै नेपाली च्यानल देखाउन भने सकिने भएपनि सरकारलाई दबाब दिन नेपाल टेलिभिज, एनटीभी प्लस र एनटीभी न्युजका ३ वटा च्यानल मात्रै देखाउने निर्णय भएको पराजुलीले बताउनुभयो।

व्यवसायीले विरोध गर्दैमा रोकिदैनः सञ्चार मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले भने व्यवसायीको विरोधमा सरकारी नीति लागू नै नहुने भन्ने कुरा नरहेको बताउनु भयो। उहाँका अनुसार व्यवसायीले पनि आफू अनुकूल व्यवसाय हेर्ने भएकोले उनीहरूले विरोध गर्दैमा क्लिन फिड कार्यान्वयन नरोकिने दाबी गर्नुभयो।

साउन १ देखि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ। च्यानलको अवैध कारोबार हुन्छ भन्नु र क्लिन फिड नभएका विदेशी च्यानल बन्द हुन्छन् भन्ने विषय अलग पाटो हो सरकारी नीति कार्यान्वय एउटा पाटो भएको दाबी ढकालको छ।

ढकालका अनुसार नीति लागू गर्न अझै एक साता बाँकी रहेकाले सरकारले यो विषयमा कुनै निर्णय गरेर लागू गर्ने वा नगर्ने भन्न पनि सक्ने जानकारी दिनुभयो।

नीति कार्यान्वयन गर्नुपर्छः विज्ञापन संघ
विज्ञापन संघ नेपाल (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाललाई दीर्घकालीन लाभ हुने भएकोले क्लिन फिड नीति जोखिम मोलेर भए पनि कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। समस्या आएपछि त्यसको समाधानको बाटो पनि आउने बुझाई श्रेष्ठको छ।

‘सरकारले कार्यान्यन गर्ने नीति व्यवसायीले रोक भन्दैमा रोकिने र लगाउन भन्दैमा रोकिने हुनु हुँदैन’, उहाँले भन्नुभयो, ‘नेपालको दीर्घकालीन हितका निम्ति यो नीति लागू गनैपर्छ।’

यो नीतिलाई आन र मिडिया सोसाइटीले तत्काल लागू गर्नुपर्छ भनेर सरकारलाई दबाब दिएको पनि श्रेष्ठले जानकारी दिनुभयो। क्लिन फिड लागू भएपनि नेपालमै विज्ञापन बन्ने, सबै कारोबार नेपालमै हुने भएकोले मिडिया सोसाइटीलाई ८५ र आनलाई १५ प्रतिशत लाभ हुने श्रेष्ठको भनाइ छ।

क्लिन फिड लागू गर्दा नेपालका सबै नेपाली च्यानल देखाउन सकिने भए पनि सरकारलाई दबाब दिन नेपाल टेलिभिजन, एनटीभी प्लस र एनटीभी न्युजका च्यानल मात्रै देखाउने निर्णय भएको छ। annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uFqcnZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top