Photo of Milford Sound in New Zealand

पर्वत, साउन १५—नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार एक जोडीले आत्महत्या गरेका हुन ।

पुलबाट रातको समयमा हाम फालेका अन्दाजी ३५–४० वर्षको पुरुष र ३० वर्षकी महिला जोडीको मोदीखोला किनारमा शव भेटिएको छ । राती करिब १० बजेको पुलमा बेवारिसे झोला भेटिएपछि आत्महत्या गरेको आशंकामा रातको समयमा खोजी गर्दा शव फेला परेको थिएन ।

बिहान शव देखिएपछि नदी किनारबाट शव प्रहरीले निकालेको छ । झोलामा पहिचानका अन्य सामाग्री नभेटिएका कारण आत्महत्या गर्ने जोडीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताए । झोला टे«किङ्गमा प्रयोग हुने खालको देखिएकोले जोडी अग्ला पुल घुम्न आएको अनुमान गरिएको छ ।recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uNGUSA
via IFTTT
30 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top