Photo of Milford Sound in New Zealand

गरुड पुराण सनातन हिन्दू धर्मको सवैभन्दा महत्वपुर्ण ग्रन्थमध्ये एक मानिन्छ । सामान्यतया यो ग्रन्थमा मृत्युसँग जोडिएका विषयबारे जानकारी दिइएको छ ।

यसमा मृत व्यक्तिको आत्म अनावश्यक रुपमा नभड्कियोस् भन्ने रहेको छ ।
यसका अलावा गरुड पुराणमा यस्तो कयौं कुरा मनुष्य जीवनको सुधारको काम पनि गर्छ । यसका साथै केही शुभ र अशुभका बारेमा पनि जानकारी दिइएको छ ।

गरुड पुराण अनुसार यस्ता ४ वस्तु र घटनाले जसको हामीले नियमित दर्शन वा भेट गर्छौ त्यसले शुभ फल दिन्छ

गार्इ

हिन्दू धर्ममा गार्इलाई सवैभन्दा पवित्र मानिएको छ । समुद्र मन्थनबाट उत्पन्न भएको गाइलाई यदी तपाई विहान बेलुका या दिनमा एक पटक मात्र भएपनि दर्शन गर्नुहुन्छ भने तपार्यको गलत समय अन्त्य हुन्छ ।

गौत

गार्इसँग जोडिएका हरेक विषय हिन्दू धर्म दर्शनमा पवित्र मानिन्छ । यदी तपाई दिनमा एकपट गोमुत्रको दर्शन गर्नुहुन्छ र सकेसम्म सेवन गर्नुहुन्छ भने तपाईलाई शुभ हुन्छ । वैज्ञानिकले समेत गोमूत्रको निकै ठूलो महत्व रहेको बताएका छन् ।

खेत

यदी तपाईले खाद्यवाली पाकेको अवस्थामा देख्नुभयो भने पनि तपाईको जीवनमा लाभ हुन्छ । गरुड पुराणका अनुसार पाकेको फलले भरिएको खेत देख्दा मनुष्यलाई पुण्य मिल्छ ।

गोधुली

गाईले चरणका समयमा या अन्य समयमा आफ्नो खुर(खुट्टा)ले जमिनमा धसार्ने वा खोस्रने गर्छ यस्तो गर्दा धुलो उड्छ जसलाई गोधुली भनिन्छ । गार्इले खोस्रिएको जमिनको ठूलो महिमा छ । जसलाई देख्दा वा त्यसक्रममा उडेको धुलो देख्दा मात्र पनि मानिसलाई ठूलो पुण्य मिल्छ । lokaantar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2utDyXq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top