Photo of Milford Sound in New Zealand

दाङ। दाङको ग्वारखोलामा आएको बाढीले एउटा यात्रुबाहक बसलाई बाढीले बगाएको छ । बसलाई बगाएपछि यात्रुहरु समस्यामा परेका छन् ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने ग्वारखोलामा आएको भेलले आइतबार बसलाई बगाएपछि यात्रुहरुलाई प्रहरी र स्थानीय बासिन्दाहरुले उद्धार गरेका थिए ।

केही दिन अघिदेखि लगातार परेको बर्षाका कारण दाङका बिभिन्न खोलाहरुमा पानीको बहाव बढ्दै गएपछि सवारी साधन संचालन गर्नसमेत समस्या परेको छ ।

बर्षातको भेलका कारण घोराही लमही सडक खण्डको बबई, घोराही तुलसीपुरको संक्राम, ग्वार खोलालगायतका ठाउँमा यातायात सेवा संचालन गर्न समस्या परेको हो ।

खोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनलाई खोला पार गर्न समस्या परेको स्थानीय कृष्ण चौधरीले बताए । चौधरीका अनुसार यस क्षेत्रका झण्डै एक दर्जन खोलाहरुमा बर्षादको समयमा यात्रु र सवारी साधनलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ । dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sDtA1o
via IFTTT
09 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top