Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ असार । शनिबार दार्जिलिङमा घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । तामाङको मृत्युपछि प्रदर्शनमा सहभागी शोक र्‍यालीमा सहभागी भएका थिए । यसअघि दुईवटा झडपमा ६ जनाको मृत्यु भइसकेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

यता बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै चार सातादेखि जारी आन्दोलनरत दलले मुख्यमन्त्री ममता बेनजीको नेतृत्वको बंगाल सरकारसँग वार्ता नगर्ने जनाएका छन् ।

गोर्खाल्यान्ड क्षेत्रमा क्रियाशील दल र सामाजिक संस्थाहरूको सहभागितामा गोर्खाल्यान्ड आन्दोलनलाई अघि बढाउन गठन गरिएको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीको मंगलबार मिरिकमा सम्पन्न बैठकपछि नेताहरूले सो कुरा बताएका हुन् । उनीहरूले केन्द्र सरकारसँग मात्र वार्ता गर्ने बताएका छन् ।

कोअर्डिनेसन कमिटीको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको कमिटीका संयोजक कल्याण देवानले जानकारी दिए । बैठकले असार २९ को भानु जयन्तीलाई गोर्खा जातिको एकता दिवसका रूपमा मनाउने निर्णय गरेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए ।

बैठकले बंगाल सरकारले यसअघि भानु जयन्तीको अवसरमा प्रदान गरेका सबै सम्मान र पुरस्कार भानु जयन्तीकै दिन फिर्ता गर्नेसमेत निर्णय गरेको छ । बैठकले असार ३० गते ममता बेनजी सरकारले गठन गरेका सबै विकास बोर्डका अध्यक्ष र उपाध्यक्षसहितले राजीनाम दिनेसमेत निर्णय गरेको छ ।

बैठकले असार ३१ गतेदेखि चौरस्तमा आमरण अनशन सुरु गर्ने निर्णय गरेको सहसचिव तामाङले जानकारी दिए। बैठकले हत्याका सबै घटनाको सीवीआईमार्फत अनुसन्धान गर्नसमेत माग गरेको छ ।

कोअर्डिनेसन कमिटीमा विमल गुरुङ नेतृत्वको गार्खा जनमुक्ति मोर्चा, मन घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारती तामाङ नेतृत्वको अखिल भारतीय गोर्खा लिग, दावा पाख्रिन नेतृत्वको गोर्खा राज्य निर्माण मोर्चा, हर्कबहादुर क्षत्रीको जनआन्दोलन पार्टी, आरबी राई नेतृत्वको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीलगायत दल र अन्य सामाजिक संगठन छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u6mWEW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top