Photo of Milford Sound in New Zealand

काठमाडौं,असार ३० – काठमाडौं उपत्यकाको पिउने पानीमा मानव दिसामा जिवाणु भेटिएको छ । काठमाडौंले प्रयोग हुने ६६ प्रतिशत खानेपानीमा कोलिर्फम भेटिएको छ । जसका कारण हैजाको संक्रमण पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौंका कुल १७ वटा अस्पतालमा गरेको अध्ययनमा दैनिक भर्ना हुने झाडापखालाको विरामीेको संख्याको आधारमा उक्त जिवाणु भेटिएको तथ्यपत्ता लगाएको हो ।

यसैगरी काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सहयोगी संस्थाहरुसित मिलेर पानी शुद्धिकरण सम्बन्धि जाच गर्ने क्रममा काठमाडौका पाउने झण्डै ६६ प्रतिशत पानीमा कोर्लिर्फमको जिवाणु भेटिएको जनाएको छ । शहरी वातावरण व्यवस्थापन समाजको सहयोगमा १३ सय घरधुरीमा प्रयोग गरिने करिब ६६ प्रतिशत पानीमा कोर्लिर्फमको जिवाणु भेटिएको थियो ।

के हो कोलिर्फम ?

कोलिर्फम भन्नाले दिसा मिसिएको पानी भन्ने बुझिन्छ । यस्तो पानी खाएमा हैजा लाग्ने गर्छ । हैजा विशेषगरी भिवि्रयो नामक जिवाणुका कारण हुने गर्छ ।

र, यो संक्रमित व्यक्तिको दिशाबाट अर्को व्यक्तिमा सजिलै सर्नेगर्छ । त्यस्तै दुषित पानी तथा खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा विरामीलाई चौलानी जस्तो दिशा हुने, तारन्तार पखाला लाग्ने, वान्ता हुने, मांसपशी बौडिने, शरीरमा पानीको मात्रा न्युन हुने हुन्छ । र, बेहोस हुने, पानी कम भएर मृगौला फेल भई मानिस मर्न समेत सक्छ ।

यसबाट बच्न बासी, झिंगा भन्केको, सडेगलेको खानेकुरा नखानु उचित हुन्छ । त्यस्तै शुद्ध पानी पिउन तथा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २८ हजारदेखि एक लाख ४२ हजार मानिस हैजाबाट मर्ने गर्छन् । तर, नेपालमा भने यस वर्ष हैजाकै कारण कसैले ज्यान गुमाउनु नपरेको इपिडिमियोलोजी शाखाले जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2utG8gA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top