Photo of Milford Sound in New Zealand

काठमाडौं। आफ्नै देशले नाकाबन्दी लगाएपछि दैनिक उपभोग्य सामग्रीबाट बञ्चित भारतीयहरु अहिले नेपालको दानापानीको भर परेका छन् । भारतीय क्षेत्रबाट दैनिक उपभोग्य सामान नपाएपछि अहिले उनीहरु नेपाली बजारमा निर्भर भएका हुन् । दार्जिलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

दार्जिलिङ, कालिम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् । पश्चिम बंगालको समथर भूमिबाट पहाडतर्फ जाने नाका सिलिगुडीमा अहिले पश्चिम बंगाल सरकारले खाद्यान्न ढुनावीमा रोक लगाएको छ ।

तर, दार्जिलिङ जानको लागि नेपालको झापाको चारआलीबाट इलाम हुँदै जाने नाका भने खुला छ । अहिले दार्जिलिङबासीले त्यही नाकाको उपयोग गरिरहेका छन् । सिलिगुडी नाकाबाट नाकाबन्दी गर्ने र पूर्वोत्तर पहाडी क्षेत्रका नागरिकको आन्दोलनलाई निस्तेज पार्ने पश्चिम बंगाल सरकारको रणनीति भएको दार्जिलिङ आन्दोलनका अगुवाहरुले आरोप लगाएका छन् । तर, झापाको चारआली हुँदै इलामको पशुपतिनगरबाट दार्जिलिङ छिर्ने नाका भने भारतले बन्द गर्न सम्भव छैन ।

पशुपतिनगरबाट भारत छिर्ने बैधानिक नाकाको अलावा यहाँ कच्ची सडक पनि छ । बैधानिक बाटोको उपयोग नगरेरै पनि यहाँबाट भारततर्फ दैनिक उपभोग्य सामान लैजान सकिने यहाँका स्थानीय बताउँछन् । अहिले दार्जिलिङ क्षेत्रमा दैनिक उपभोग्य सामान लैजान यही विधि प्रयोग गरिएको छ । पछिल्लो समय भारतीय सुरक्षाकमीृहरुले तीन जनाभन्दा बढीलाई हिँडडुल गर्न दिएका छैनन् जसका कारण दार्जिलिङतर्फका जनताले थोरै परिमाणका सामान लिएर जाने गरेका यहाँका व्यवसायीहरु बताउँछन् । dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uEOmPR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top