Photo of Milford Sound in New Zealand

श्रृजना आचार्य, काठमाण्डौ । चामल प्लाष्टिकको, अण्डा प्लाष्टिकको, तरकारीमा विष, पसलमा बेच्न राखेका विस्कुट चाउचाउ लगायत खानेकुरा म्याद नाघेका र अखाद्य, सडकमा प्रदुषण, पानी प्रदुषित हैन यस्तो हुदा सम्म पनि उपभोक्ता अधिकारका बारेमा किन वहस हुदैन ? यो काठमाण्डौमा अब स्वस्थ्य र स्वच्छ भन्ने कुनै कुरा पनि छैन ?

केही महिना देखि भारतीय संचार माध्यम र सामाजिक संजालमा नक्कली अण्डाको बिगबिगी भन्दै समाचार आए । चाइनाले प्लाष्टिकको चामल बनाएको समाचार पनि केही महिना अघि सामाजिक संजालमा आएको थियो । सामाजिक संजालमा कतिपय यस्ता कुरा पनि आएका हुन्छन जुन कुरा विश्वास गरीहाल्न सकिदैन ।

तर, काठमाण्डौमै प्लाष्टिकको चामल भेटीएको समाचारले भने सांच्चै सोचनिय बनाएको छ । बास्तविक चामलमा प्लाष्टिकको चामल मिसाएर बेच्ने गरेको अभियोगमा राजधानीमै ब्यापारी पक्राउ परेको खबर सांच्चैनै निकै डरलाग्दो अवस्था हो ।

काठमाण्डौ प्रहरी परिसरले सक्कली चामलमा प्लाष्टिकको चामल मिसाएर बेचेको आरोपमा काठमाण्डौ सितापाइलावाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ ।

चामलमा मिसावट भएको सूचनाका आधारमा उनलाई पक्राउ गरीएको र चामलको परिक्षण भइरहेको प्रहरीले जनाएको छ ।

नाफा कमाउने नाममा मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कृयाकलाप ब्यापारीबाट भएको हो भने सांच्चै कठोर सजायको भागीदार उसलाई बनाउनुपर्छ ।

मानव स्वास्थ्यको दृष्टिकोणले काठमाण्डौ शहर निकै खतरनाक सावित हुन थालेको छ । यो यस्तो ठाउं भै दियो जहां मानिस नआई पनि नहुने आएर पनि बांच्न नसकिने ।

हामीले खाने प्रत्येक गास बिष समान भएका छन्, हिड्ने प्रत्येक पाइलाले हाम्रो स्वास्थ्य बिगार्र्दै लगेको छ । हामीले फेर्ने प्रत्येक श्वास धुवा धुलो मिसिएको छ । जसले गर्दा शरीरमा अनगिन्ती रोग बोकेर हिंडेका छौं ।

सन् २००७ मा विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा भएको सम्मेलनले उपभोक्ता स्वास्थ्य संरक्षणका लागि बृहत् रणनीति अपनाउनुपर्ने घोषणा गरेको छ । तर, नेपालको अवस्थामा उल्लेख्य प्रगति हुन सकेको छैन ।

बढी एवम् छिटो उत्पादनको नाममा कृषकहरूमा आवश्यकताभन्दा बढी खतरनाक विषादीको प्रयोग गर्ने होडबाजी नै चलेको पाइन्छ । त्यस्तै, भण्डारण कार्य पनि रासायनिक तत्वको प्रयोगबाट अछुतो छैन ।

क्यान्सरजस्ता प्राणघातक रोगको कारकका रूपमा रहने यस्ता पदार्थ प्रयोगको नियमन ग्रामीण स्तरसम्म हुन सकेको छैन । धेरै मुनाफा आर्जन गर्न विक्रेताहरूले खाद्य वस्तुसँग मिल्ने उस्तै अखाद्य वस्तु मिसाउने गरेको पाइन्छ ।

गाउंमा उत्पादनका क्षेत्रमा प्रयोग गरीने विषादी त शहरमा सामाननै नक्कली । उपभोक्ताको अधिकारका विषयमा बोलीदिने को ? नेपालमा उपभोक्ताको हक–अधिकार संरक्षणसम्बन्धी केही संघ÷संस्था क्रियाशील नभएका होइनन् । तर, आम उपभोक्ता भने नुनदेखि सुनसम्म सम्पूर्ण उपभोग्य सामग्रीका ठगिन छाडेका छैनन् ।

सामान्य अवस्थामा पनि विभिन्न बहानामा हुने मूल्यवृद्धि, बन्द, हडताललगायतका मौका छोपेर गरिने कालोबजारी वा मिसावटका कारण आम उपभोक्ताले आपूmले तिरेको मूल्यका सही सामान पाउन नसक्ने अवस्था छ । महंगो मुल्य तिरेर किनेका खाद्य सामग्री पनि विष समान छन् । हामी पैसा तिरेर विष किन्दैछौं ।

उपभोक्ता अधिकार सम्बन्धि फिलतो कानुन र झारा टार्ने प्रकारको अनुगमनले उपभोक्ताहरु मारमा परेका छन् । हाम्रो दिनको सुरुवात नै मिसावट सुरुहुन्छ । बिहानै उठेर पिउने चियामा प्रयोग हुने दूध, चिनी र चियापत्ती सबैमा मिसावट छ । दशैंको बेलामा हामीले प्रयोग गर्ने चिनी ख्याल गर्नुभएको छ भने हिलो जस्तै हुन्छ ।

मिसावट छ भन्ने जानकारी हुँदाहुँदै पनि ठुला ब्यापारीले राज्यसंयन्त्रलाई नै आफ्नो प्रभावमा पारेका कारण हामीसंग बिकल्प छैन । विष हो भन्ने जान्दा जान्दै पनि उपभोग गर्न बाध्य हुनुपर्ने अवस्था बढ्दो छ । उपभोग्य सामानमात्र होइन सेवातर्फ पनि सर्वसाधारण ठगिएका छन् । भ्रामक विज्ञापन छापेर आकर्षित गर्ने तर सेवा भने बेप्रभावी हुने क्रम बढ्दो छ ।

उपभोक्ताका समस्यातर्फ सरकार कानमा तेल हालेर बसेको छ । अब हिन्दुहरुको चाडपर्व सुरु हुदैछन् । चाडपर्वको बेलामा खाद्यबस्तुको ब्यापार बढ्छ । यही हो ब्यापारीले गुणस्तरहिन बस्तु बेच्ने सुनौलो मौका । सरकारी संयन्त्र फिलतो हुनुको फाइदा यस्ता कालाबजारी गर्नेहरुले उठाएका हुन्छन् ।

उपभोक्तावादी संघ–संस्थाले पनि विशेष दिवसका अवसरमा मात्र यस्ता विषय उठाउने गरेका छन् । अरु बेला उनीहरुको कृयाकलाप पनि देखिदैन ।

उपभोक्ता अधिकार संरक्षणका विषयमा काुननी प्रावधान नभएका होइनन् । तर, सरकारी निकायबाट कार्यान्वयन गर्ने विषयमा गम्भीरता नदेखाइने तथा निजी क्षेत्रमा कागजमा भएका नीतिलाई व्यवहारमा उतार्ने आचरण नभएकाले उपभोक्ता हरेक सेवा वा वस्तु उपभोगमा ठगिएका छन् ।

नेपालमा उपभोक्ता अधिकार प्रभावकारी रूपमा स्थापित हुन नसक्नुका पछाडि बजार अनुगमन गर्न केन्द्रीय निकायबीच समन्वयको नहुनु । उनीहरु पनि आर्थिक प्रलोभनमा पर्नु । कालो बजारी गर्ने ब्यापारीले अनुगमन गर्ने निकायसंग पनि सेटिगं मिलाएका हुन्छन् ।

भएका कानुन पनि राम्रो संग कार्यान्वयन नहुने र हामी उपभोक्ता पनि चनाखो नहुदा दिनदिनै यो समस्याले बिकराल रुप लिंदै छ । सरकारी तवरबाट समस्याका बाबजुद समाधानका उपाय निकाल्न नसकेमा निकट भविष्यमा उपभोक्ता अझ मारमा पर्नेछन् । बेलैमा ध्यान दिन सकेनौ भने हामी दिनदिनै मृत्युको मुखमा पुग्दैछौं । श्रोत: लाइट नेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sWQ3Xu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top