Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २२—गौशाला चोकबाट पिंगलास्थान जाने बाटोमा रहेको जेब्राक्रसबाट बाटो पार गर्न खोज्दा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–६ स्थायी घर भएका पशुपति थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार साँझ साढे नौ बजे घर फर्कने क्रममा जेब्रा क्रस गर्दै गरेका थापालाई बा १ ज ८५४८ नम्बरको माइक्रोले ठक्कर दिएको थियो । माइक्रोको ठक्करपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । ‘बिहान अपरेसनपछि दिनभर बेहोस अवस्थामा रहेको भतिजलाई अस्पतालले बुधबार बिहान ४ बजे मृत घोषित गर्यो,’ मृतकका काका अमरले भने । मृतक थापाका श्रीमती र दुई छोरा छन् । आफन्तले मृतकको परिवारलाई क्षतिपूर्तिका लागि माइक्रोबस व्यावसायीसँग दिनभर छलफल गरे पनि सफल नभएको राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका स्थानीय गोपाल दाहालले जानकारी दिए ।

दाहालका अनुसार पशुपति सार्वजनिक माइक्रोबस व्यवसायी संघ मातहतको नयाँ बानेश्वर–महाराजगन्ज रुटमा चल्ने माइक्रोले ठक्कर दिएको थियो । ‘राति साढे नौ बजेसम्म माइक्रोबस सञ्चालनको अनुमति छैन । अर्कातिर जेब्राक्रसबाट बाटो पार गर्दै गरेका अवस्थामा ठक्कर दिइएको छ’, उनले भने, ‘यो माइक्रो चालकको लापरबाही हो । त्यसैले मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।’

आफन्तले महानगरीय प्रहरी वृत्त गौशालामा माइक्रो चालक र धनीलाई सवारी कसुरअन्तर्गत कारबाहीका लागि जाहेरीसमेत दिने तयारी गरे पनि प्रहरीले बिहीबार मिलापत्रको प्रयास गर्ने आश्वासन दिएको दाहालले जानकारी दिए ।

मृतक थापा विगत ३ वर्षदेखि गौशालास्थित गौशाला गेस्ट होटलमा ‘कुक’ को काम गर्दै आएका थिए । उनले दुई छोरालाई सोही पेसाबाट भएको आम्दानीले पठाउँदै आएका थिए । उनकी श्रीमती वैदेशिक रोजारीका लागि मलेसिया गएर केही दिनअघि मात्रै फर्किएकी थिइन् नयाँ पत्रिकामा समाचार छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tOwSSK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top