Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन ४-विदेशबाट विरामी भएर फर्किनेलाई विमानस्थलमा छुट्टै कोठा व्यवस्था गर्न मन्त्रीको निर्देशनश्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।

वैदेशिक रोजगारीबाट अङ्गभङ्ग भई तथा बिरामी भई फर्केका कामदारलाई विमानस्थलमा सहज रुपमा आउन र बस्नका लागि छुट्टै कोठाको व्यवस्था गर्न, त्यस्ता कामदारलाई मनोपरामर्श दिई सुरक्षित गृह वा आफन्तसम्म लैजान सवारीसधानको व्यवस्था गर्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि उनले निरीक्षणका क्रममा निर्देशन दिए ।

त्यसका लागि नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयबीच समन्वय गरी सहयोगी कक्ष स्थापना गर्न उनले सुझाव दिए ।यस्तै, मृतक कामदारको शव ल्याउन र घरसम्म लैजान सवारीसाधनको व्यवस्थाका लागि विमानस्थलमा सहयोगी कक्ष स्थापना गर्न, वैदेशिक रोजगारीका लागि प्रयोग गरिएको अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले सुझाव दिए । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vEBvwp
via IFTTT
19 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top