Photo of Milford Sound in New Zealand

काठमाडौँ – ब्रिटिश गायक जे सनले काठमाडौंमा बुधवार राती गरेको कन्सर्ट मा पूर्व युवराज पारस साह देखिएका थिए । पछिल्लो समय गुमनाम रहेका पारस धेरै समयअघि एक हिन्दुवादी संस्थाको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका थिए ।

त्यसपछि उनि कहाँ के गर्दैछन् भन्ने बारे कसैलाई पत्तो लागेको थिएन् । दरवारमार्गमा रहेको डेजाभु क्लवमा आयोजना भएको उक्त कन्सर्टमा उल्लेख्य मात्रामा उनका संगीतका पारखीहरुको उपस्थिती रहेको बेला पारस पनि आफ्नो परिवारको साथ देखा परेका थिए । उनी छोरी र छोराका साथ क्लब डेजाभुमा देखिएका हुन् ।

पूर्व युवराजसँग तस्विर खिचाउन त्यहाँका युवायुवतीको ठूलै क्रेज देखिन्थ्यो । पूर्व युवराज पारस बिक्रम शाहको समेत उपस्थिती रहेको उक्त कन्सर्ट राती १२ बजे देखि प्रारम्भ भएर विहान ३ बजेसम्म संचालन भएको थियो । ब्रिटिस आर एण्ड बीका गायक जे सनले मेक माई लभ, स्टोलन, डाउन डाउन, राईट इट, एमआई अल योर्स, डान्स विद यु जस्ता आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।
source:recentnepal
 

 

 

http://ift.tt/2tYsFKD

from SHYANE http://ift.tt/2urWmWy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top