Photo of Milford Sound in New Zealand

जब टोकियोका ४५ वर्षीय फिजियोथेरापिस्ट मासायूकी ओजाकीको विवाहमा सुरुवाती अवस्थामा झैं प्रेम र जोश भएन तब उनले आफ्नो रोमान्टिक जीवनको रिक्ततालाई भर्नका लागि अचम्मको तरिका अपनाए ।

मासायूकीले सिलिकनको एक सेक्स डललाई घर ल्याए र अब त्यही सेक्स डल उनको जीवनको सबैभन्दा महत्वपूर्ण प्रेम बनेको छ ।

यो लाइफ साइज डमीको नाम मायू हो जसले मासायूकीसँग बेड सेयर गर्नुका साथै मासायूकीले उनलाई आफूसँग नुहाइदिन्छन् ।

मासायूकी भन्छन्, ‘छोरीको जन्मपछि मेरी श्रीमतीले मसँग यौनसम्बन्ध राख्न अस्विकार गरिन् । जसका कारण मैले अत्यधिक एक्लो महसुस गर्न थालें । तर जब मैले शोरुममा मायूलाई देखें मलाई पहिलो नजरमा नै उनीमाथि प्रेम बस्यो ।’

मासायूकी आफ्नी सेक्स डललाई ह्वीलचेयरमा राखेर डेटमा लैजान्छन् ।

मायूलाई उनी आफैले तयार गरिदिन्छन् । उनलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्मकी गहना र विग पनि लगाइदिन्छन् ।

मायूको प्रवेशले मासायूकीको जीवनको खालीपन हटेको उनी बताउँछन् । मासायूकीले मायूलाई ड्राइभमा लैजान्छन्, समुन्द्रमा घुमाउँछन् र निकै मज्जाले छुट्टी मनाउँछन् ।

सेक्स डललाई प्रेम गर्नेमा मासायूकी एक्ला व्यक्ति होइनन् । जापानमा हरेक दिन यस्ता पुरुषको संख्या बढिरहेको छ जो सेक्स डलमा वास्तविक प्रेम खोजिरहेका छन् ।

जापानमा हरेक वर्ष करिब २ हजार लाइफ साइज सेक्स डल बिक्रि हुन्छ जसको मूल्य ६ हजार डलर अर्थात् ६ लाख रुपैयाँभन्दा बढि ।

सेक्स डलका निर्माता ओरिएन्ट इन्डष्ट्रिका एमडी हिडियो सूचिया भन्छन्, ‘आजकाल धेरै पुरुषले सेक्स डलको चाहना गर्छन् किनभने उनीहरुलाई लाग्छ कि उनीहरु वास्तविक रुपमा नै सेक्स डलसँग कुरा गर्न सक्छन् ।’ratopati

http://ift.tt/2tDjT7f

from SHYANE http://ift.tt/2tyVO0O
via IFTTT

0 comments:

Post a Comment

add

 
Top