Photo of Milford Sound in New Zealand

मोरङ। वैदेशिक रोजगारमा जाने अधिकांश मानिसहरुको लक्ष्य आफ्नो परिवारको आर्थिक अबस्थामा सुुुुधार गर्ने हु न्छ तर धेरै मानिस बिदेश गएर पनि आफ्नो अबस्थामा परिवर्तन ल्याउन सक्दैनन् । मोरङ उर्लाबारी -७,नमुना चौकका मिलन खडका पनि त्यस्तै मध्येमा पर्छन् । बैदेशिक रोजगारीबाट उज्जल भविष्य बनाउने उनको सपना त पूरा भएन नै, उल्टो उनी नै चरम अप्ठ्यारोमा परे । हालसम्म खाइ- नखाइ गरेर कमाएको उनको धन सम्पती समेत गुम्ने खतरा भएको छ, त्यही बिदेशकाे चक्करले गर्दा ।

गत साउन १ गते अपरान्ह मिलनकी श्रीमति बर्ष ३१ की अनु खडका घरबाट नै करिब १६ तोला सुन र केही नगद सहित बेपत्ता भएकी छिन् । बाहृ बर्ष र ९ बर्षका छोरा सहित सम्युक्त परिवारमा बस्दै आएकी अनु एक्कासी बेपत्ता भएपछि मिलन र उनको परिवार बेचैन बनेको छ । परिवारामा कुनै झै-झगडा वा मनमुटाव बेगर एक्कासी अनु बेखबर बनेकोमा केही सोच्न नसकेको मिलन बताउछ्न् ।

आफन्त तथा सम्भावित खोजी गर्ने स्थानमा खोजी गरिसक्दा पनि केही पत्ता लाग्न नसकेपछि मिलनको परिवारले प्रहरीमा जाहेरी दिएको पारिवारिक स्रोतले जनाएको छ । दुबईमा रहेका मिलनले कोहि कसैले अनु खडकालाई देखेमा वा उसको बारेमा सुचना पाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६२१५९९५७ मा खबर गरिदिनुहुन अनुरोध गरेका छ्न । खडकाका आफन्त विमल कार्कीले अनु खडकाको गैर जिम्मेवार र बदनियतपुर्ण कार्यबाट मिलन र उनको परिवार अफ्ट्ठयारोमा परेको बताए ।purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vAfNKd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top