Photo of Milford Sound in New Zealand

भोजपुर – भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् । छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन । साधनाको बुवा नेवार र आमा दलित समुदायको भएको भन्दै केटा पक्षले दलितको छेरी नभित्राउने भन्दै धम्की दिएपछि गाउँनिकाला गरिएको हो । गाउँनिकाला पछि धरान झरेकी बालिकाको भने बिचल्ली भएको छ । बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए ।

बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ । बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने, ‘छ महिनाको भर्गवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो । बालिका अहिले धरानमा वेवारिसे अवस्थामा रहेको उनले बताए । संगै गएको केटाको अत्तोपत्तो छैन । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे ।’ कमजोर आर्थिक स्थिति भएका खगेन्द्र भारतमा मजदुरी गर्ने गरेको बताए । अन्तरजातीय विवाह गरेका कारण यो समाजले पनि मलाई न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक देखायो ।’ अहिले पनि हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’, उनले भने ‘छोरीको विजोग भयो कहिले कसको नम्बर बाट कहिले कस्को नम्बर बाट फोन गर्छे कहाँ बस्छे टुंगो छैन् ।’ स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन्।

बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य चौकी परिक्षणका लागि लाँदा गर्भवती भएको पाइएको बताइन । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन । भेलामा सहभागी अगुवा महिला प्रतिनिधिले समेत साथ नदिएपछि केटी पक्ष निरास बनेको थियो । प्रहरी चौकी याकुमा गए पनि सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भएअनुसार विवाह गरिदिएको बताए । महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । nagariknews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uslwEF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top