Photo of Milford Sound in New Zealand

कपूर खानदानले छोरी बुहारीलाई बलिवुडमा काम गर्न रोक लगाएको छ । यसको बावजुद पनि अभिनेत्री करिश्मा कपूर र करीना कपूरले सिनेमामा काम गरे । तर उनीहरुले सिनेमामा काम गरेकै कारण उनीहरुका आमा र बुवा एकअर्काबाट अलग भए । किनकी करिश्मा र करीनाका बुवा रणधीर छोरीहरुले सिनेमामा काम नगरुन् भन्ने चाहन्थे तर आमा बबिताले उनीहरुलाई सिनेमामा काम गर्न सहयोग गरिन् । यहि कारण रणधीर र बबिता एकअर्काबाट अलग भए ।

उता रणधीरका भाई अभिनेता ऋषि कपूरकी छोरी रिद्धिमा भने सिनेमाबाट टाढै रहिन् । उनलाई बाल्यकाल देखि नै सिनेमामा खासै रुची थिएन । बरु उनी गायन र फेशन डिजाईनको दुनियाँमा करिअर बनाउन चाहन्थिन् । अहिले उनी एक सफल व्यापारी महिलाको रुपमा स्थापित भएकी छिन् । उनको ज्वैलरी र फेशन डिजाईनिंगको व्यापार छ ।

रिद्धिमाको एउटा कुरा सधैँ चर्चामा रहन्छ । त्यो हो दिदी करिश्मा कपूरसँगको सम्बन्ध । करिश्मा र रिद्धिमा दुई भाईका छोरी हुन् । तर उनीहरु एकले अर्कालाई देख्न पनि सक्दैनन् ।

कपूर खानदान निकै ठूलो छ । जसमा केहीको सम्बन्ध निकै लोभलाग्दो छ भने केहीको सम्बन्ध नराम्रो छ । भारतीय सञ्चार माध्ययमका अनुसार यस खानदानका दुई बुहारी अभिनेत्रीद्धय नितु (रणवीरकी आमा) र बबिता (करिश्मा करीनाकी आमा) बीच शुरु देखि नै राम्रो सम्बन्ध रहेन । पहिले देखि नैे उनीहरु एकअर्काबाट टाढै रहन्छन् । यहि कारण छोरीहरुको सम्बन्ध पनि राम्रो रहेन नितुकी छोरी रिद्धिमा र बबिताकी छोरी करिश्मा एकअर्कालाई सकेसम्म टाढै राख्छन् ।

जानकारी अनुसार बाल्यकालमा भने दुईको सम्बन्ध राम्रो थियो । समयसँगै उनीहरुले आमाहरुबीच भएको नराम्रो सम्बन्ध देख्न थाले । यहि कारण उनीहरुले पनि एकअर्कालाई मिलाउन सकेनन् । समयसँगै दुईको सम्बन्ध बिग्रिदै गयो । उनीहरु कतै भेट हुँदा पनि देखेको नदेख्यै गर्न थाले । यहाँसम्मकी उनीहरु एकअर्काको विवाहमा समेत सहभागी भएनन् ।

तर रिद्धिमाका भाई अभिनेता रणवीर कपूर भने दिदीहरु करिश्मा र करीना दुवैसँग नजिक छन् । तर एकताका भने करिश्मा र करीनासँग रणवीरको सम्बन्ध पनि राम्रो थिए । पछि बिस्तारै रणवीर स्वयम करीना र करिश्माको नजिक भएका थिए ।

केही महिना पहिले आएको खबरका अनुसार रिद्धिमाले करिश्माका पूर्व पति संजय कपूरकी श्रीमति प्रिया सचदेवसँग बिजनेस डिल गरेकी छिन् । अब रिद्धिमा प्रियासँग ज्वैलरीको व्यापार गर्नेछिन् । यसले करिश्मा र रिद्धिमाको सम्बन्ध अझै बिग्रिने सम्भावना देखिएको छ । केही महिना अघि दिएको अन्र्तवार्तामा रिद्धिमाले आफूलाई करिश्मासँग कुनै पनि समस्या नभएको बताएकी थिईन् । तर करिश्माले भने रिद्धिमासँगको सम्बन्धलाई त्यति सहजै सुधार्ने संकेत देखिएको छैन । यस्तो अवस्थामा कपूर खानदानका दुई दिदी बहिनीबीचको दुश्मनि कहिले सम्म कायम रहने हो अड्कल लगाउन पनि मुश्किल छ । gufgaf.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sXtUw7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top