Photo of Milford Sound in New Zealand

काठमाडौँ। बलिउडका चर्चित कलाकार सैयाजि सिन्दे नेपाल आएका छन्। उनी नेपालका चर्चित एक्सन हिरो तथा निर्देशक निखिल उप्रेतीले निर्देशन गरिरहेको नयाँ चलचित्र कमिटमेन्ट(60 hours)को शुटिङका लागि नेपाल आएका हुन् ।

उनको यो पहिलो नेपाल भ्रमण पनि हो। उनले तलेगु, मराठी, हिन्दी, तामिल, कन्नाडा र मलायलम फिल्ममा समेत अभिनय गरेका छन्। यसअघि पनि ‘कमिटमेन्ट’कै शुटिङका लागि बलिउडका चर्चित दुई कलाकार रञ्जित र मुस्ताक खान नेपाल आइसकेका छन्।
चलचित्रमा निखिल उप्रेती मुख्य भूमिकामा देखिनेछन्। चलचित्रलाई बि.के फिल्मसका गोपाल कायस्थले अल नेपाल वितरण गर्नेछन् । गत जेठ २३ गते बाट फ्लोरमा उत्रिएको चलचित्रको अहिले बालाजुमा शुटिङ भइरहेको छ।

यति धेरै बलिउडका चर्चित कलाकारहरुको अभिनय रहने कमिटमेन्ट पहिलो नेपाली चलचित्र हो। चलचित्रको नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा समेत छांयाकन हुनेछ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sMQpnq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top