Photo of Milford Sound in New Zealand

फिल्म म यस्तो गीत गाउँछु ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकको उत्साहप्रद साथ पाएको छ । राजधानी र मोफसलमा फिल्मले हाउसफूलको व्यापार गरेको वितरक गोपाल कायस्थले बताएका छन् । दर्शकको चाप बढेपछि राजधानीका गोपिकृष्ण र अष्टनारायण हलमा हल संख्या थपिएको कायस्थले बताए ।

चावाहिलको गोपिकृष्ण हलमा हिन्दी फिल्म जग्गा जासुसलाई हटाएर क वर्गको गोपी हलमा म यस्तो गीत गाउँछु लाई लगाइएको छ । नयाँ वर्ष र चाड पर्व बिना पनि म यस्तो गीत गाउँछुले बम्परको व्यापार गरेको छ । निकै समय पछि कुनै पनि नेपाली फिल्मले शुक्रबार यस्तो व्यापार गरेको हो, वितरक कायस्थले भने । उसो त नेपाली नयाँ वर्षपछि नेपाली फिल्म हलमा दर्शकको खडेरी लागेको थियो । लामो समयपछि नेपाली फिल्ममा दर्शक आएका छन्, राजधानीका हलवाला भन्छन्, हलमा बल्ल बहार आएको छ ।

यता पहिलो दिनमै हलमा दर्शकको चाप उच्च भएपछि निर्देशक तथा निर्माता सुदर्शन थापा दंग छन् । दर्शक आउनु भएकोमा खुसी त छु नै । हलसम्म आएर पनि फिल्म मन पराइदिनु भयो यसको लागि उहाँहरुप्रति कृतज्ञ छु । फिल्म मुख्य दुई पात्र पल शाह र पूजा शर्माले सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । संजय लामोको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । म यस्तो गीत गाउँछु देशका करिब ५५ हलहरुमा लागिरहेको छ ।
पल र पूजालाई हेर्न रातभर सुतेनन् यी बालबालिका हेर्नुहोस :

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vkRYWJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top