Photo of Milford Sound in New Zealand

डडेल्धुरा, असार २३ – मन परेको उम्मेदवारले जिते पछि डडेल्धुरा सदरमुकाम बागबजारको शिव शंकर हेयर ड्रेसरमा शुक्रबार कपाल र दाह्री निशुल्क काटिएको छ । शिव शंकर हेयर ड्रेसरका प्रोपराइटर विश्वनाथ ठाकुरले ६० जनाको कपाल र दाह्री निःशुल्क काट्नु भएको हो ।

स्थानीय तहको चुनावमा डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा ऐमालेको तर्फबाट विशेश्वर प्रसाद ओझा (बिपिन) मेयर विजय भएपछि खुसियालीमा कपाल र दाह्री निःशुल्क रुपमा काटिदिएको विश्वनाथले जानकारी दिनुभयो ।‘विपिन मेरो मन मिल्ने मान्छे हुन् । उनी मेयरमा विजय भएका छन्’ ठाकुरले भन्नुभयोे ‘त्यसैले खुसियालीमा मैले शुक्रबारको दिन सबै ग्राहकलाई नि:शुल्क सेवा दिएको हुँ।’ उहाँले आफु कांग्रेसको सक्रिय सदस्य भएको तर यो निःशुल्क अफर कुनै पार्टीको जित हार भन्दा पनि आफ्नो आत्मिय उम्मेदवारले जित हाँसिल गरेकोले यो सेवा दिएको बताउनुभयो ।

उहाँले मेयर बन्नुका ओझालाई टिका लगाई, दोसल्ला ओडाएर सम्मान व्यक्त गर्दै कपाल काट्ने कामको सुरुवात गर्नु भएका थियो । मेयर ओझाले पनि ठाकुरको यो सम्मानले आफूलाई निकै खुसी तुल्याएको र झन् हौसला र उत्प्रेरणा प्रदान भएको प्रतिक्रिया दिनु भएको छ । ठाकुरले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ६० जना ग्राहकलाई सेवा दिनु भएको छ । एउटै परिवारका चारजना व्यक्ति आएर समेत उत्साहित हुँदै सेवा लिएको ठाकुरले बताउनुभयो ।

रौतहट जिल्लाको बसन्तपुरमा स्थायी घर भएका ठाकुर चारजनाको परिवारसहित २०६६ देखि निरन्तर रुपमा डडेल्धुरामा शैलुन व्यवसाय सञ्चालन गर्दै आइरहनुभएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sOumge
via IFTTT

0 comments:

Post a Comment

add

 
Top