Photo of Milford Sound in New Zealand

काठमाडौं,२६ असार । प्रसुति ब्यथाले थलिएकी कालिकोट चिल्खाया—५ निवासी ३५ बर्षिया हरिशोभा सुनारको मृत्यु भएको छ । हेलिकोप्टरद्धारा उद्धार गरी सरकारले ज्यान जोगाउन गरेको पहल सफल भएन । छोराको आशामा १० औ पटक गर्भवती भएकी हरिशोभा सुनारको प्रसुतिमा जटिलता देखिएपछि कालिकोटका सांसद महेन्द्र शाहीको आग्रहमा गहृमन्त्रि जनार्दन शर्मा प्रभाकरले निर्देशन गरेपछि माउन्टेन एयरको हेलिकप्टरद्धारा आईतबार मात्रै उनको उद्धार गरी नेपालगंन्ज ल्याइएको थियो ।

बिकट कर्णाली क्षेत्रबाट सुत्केरी महिलाको ज्यान जोगाउन गरिएको पहलका बावजुद पनि उनको ज्यान जोगाउन नसकिएको जिल्ला अस्पताल कालिकोटका डा। महेश्वर गोशाईले बताए । शनिबार बेलुकादेखि प्रसुति ब्यथाले थलिएकी हरिशोभालाई प्रसुतिका लागी चिल्खाया स्थित स्वास्थ्य चौकीमा लगिएको थियो । प्रसुतिमा जटिलता देखिएपछि उनलाई थप उपचारका लागी जिल्ला अस्पताल पुर्याएको थियो ।

त्यहाँ पनि सुत्केरी गराउदाँ उनको स्वास्थ्यमा थप जटिलता थपिने देखिएपछि उनलाई हेलिकोप्टरद्धारा नेपालगंन्ज ल्यायउको थियो । उनको नेपालगंन्ज स्थित भेरि अञ्चल अस्पतालमा उपचारकाक्रममा आज बिहान मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर महेश्वर गोसाईले बताएका छन् । उनको मत्यु पछि उनको कोखबाट जन्मिएका ९ छोरी आमाबाट अलगीएकी छन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sI1uC6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top