Photo of Milford Sound in New Zealand

भोजपुर– भोजपुरको पुर्वी अरुण गाउँपालिका–१, प्याउलीको मरेङडाँडास्थित दुई घरका तीन बालबालिकाको एकै पटक भएको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । घटनाको तीन साता वित्न लाग्दा समेत भित्री पाटो नखुल्नु र दोषी पहिचान गर्न नसक्नुले पीडित परिवारमाथि पीडा थपिएको त छ नै स्थानीयबासिन्दा पनि त्रासपुर्ण र भयभित अवस्थामा बाच्न बाध्य छन् ।

कसरी भयो निर्मम हत्या ?
असार १० गते शनिबार साँझ हराएका उनीहरु असार १२ गते सोमबार विहान साढेसात बजे स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा मृत फेला परेका थिए ।

उक्त गाउँपालिका – ३ का १६ बर्षीय रन्जिव सापकोटा, १४ बर्षीय सुष्मा फुयाल र ८ बर्षीय प्रदिप फुयाँलको निशंस हत्या भएको थियो । उनीहरुको घर र घटनास्थल मरेङडाँडा ढेडसय मिटर दुरीको फरकमा पर्छ । शंकास्पद घटना भन्दै प्रहरीको अनुसन्धान व्युरोले अनुसन्धान जारी रहेको बताएपनि घटनाबारे यथार्थ आउन सकेको छैन । घटनापछि प्याउलीबजार र आसपासका शोकमा डुबेका अरुण गाउँपालिकाबासीको आशु अझै ओभाएको छैन ।

मृतकका घरपरिवार र आफन्त भावह्विल छन् । रविन्द्र रन्जिव सापकोटाका तीन सन्तान मध्येका कान्छो सन्तान हुन् । सुष्मा र प्रदिप चेतनाथ फुयाँलका तीनसन्तान मध्येका दुईसन्तान । दुवै घरमा एकैचाटी ३ जनाको काजक्रिया भैरहेको छ । ‘काजक्रियाको एघारौ दिन भैसक्यो, घटनाको अत्तोपत्तो छैन, दोषी पत्ता लाउन सकेका छैनन्,’ पीडित रविन्द्र सापकोटाले भावविह्वल हुदै भने, ‘छोरो त कहिल्यै नफर्किने गरी चुडियो, न्याय पाउने आशा पनि टुटेजस्तै लाग्न थालेको छ ।’

अझै आँशु थामिएनन्
रन्जिवकी आमा ३८ बर्षीय सीता सापकोटाका पनि आँशु अझै थामिएका छैनन् । ७२ बर्षकी हजुरआमा कौशिला सापकोटा १२ बर्षदेखि रोगी भएर ओछ्यानमा थलिएकी थिइन् । नातीलाई हत्या गरेको सुनेदेखि मुर्छा परेकी उनी होसमा आउँने हुन या हैनन पत्तो छैन । कलकलाउँदा बालखा सन्तानको हत्या भएदेखि छिमेकी दुवै घरमा रुवाबासी रोकिएको छैन । अनुसन्धानले हत्यारा पत्ता लाउन नसकेपछि अरुण गाउँपालिकाबासी जीवन सुरक्षाका लागि हारगुहार गरिरहेका छन् । ‘मर्ने त मरेर गए, बाँच्नेका आँसु थामिएनन्, बाँच्न पनि गाह्रो भैसक्यो,’ सुष्मा र प्रदिपका ३४ बर्षीय आमा निर्मला फुयाँल रुदै भन्छिन्, ‘अपराधीहरुले छोराछोरी सखाप पारेरै छाडे, चाडै न्याय दिलाइयोस्,’ बाँच्नका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताउँछिन् उनी ।

सयौ सुरक्षाकर्मीको अगाडि भयो घट्ना
द्धन्द्धकालमा समेत यहाँका जनतालाई सुरक्षाको समस्या थिएन । इलाका प्रहरीमा ७ जना प्रहरीले धान्दै आएका थिए । स्थानीय तह निर्वाचनताका नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र र म्यादी गरी ढेडसयको गस्ती खटिरहेका बेला शंकास्पद ढंगले जघन्य घटना घटेपछि आतंक मच्चिएको छ ।

यस्तो अपत्यारिलो घट्ना राज्यका लागि चुनौती भएको भन्दै दोषीमाथि चाडो छानविन हुनुपर्ने स्थानीय रुद्रबहादुर खत्रीले बताए । ‘त्रासैत्रास छ, साँझ परेपछि घरबाहिर कोही निस्कदैनौ, ढोका थुनेर बस्छौ, मेलापात जाँदा केटाकेटी साथै लिएर जान्छौ,’ बसोबासका लागि एकदमै डरलाग्दो परिस्थिती सृजना भएको छ । अबोध बालबालिकाको निर्मम हत्याको घटनाले जोसुकैमा शंका उत्पन्न गराएको छ ।

कसैसँग थिएन रिसराग
ओल्लोघरपल्लोघरका यी दुई परिवारको न कसैसंग रिसराग थियो । नत मनमुटाव नै । सापकोटा कृषि कार्यालयका कर्मचारी हुन् । उनी निर्वाचनमा सहायक मतदान अधिकृत खटिएका थिए । तर घटना भएपछि खट्न सकेनन् । फुयाँल प्याउली बजारमा सामान्य फेन्सी पसल गर्छन् । ‘हामी पैसावाल पनि होइनौ, कोहीसँग कसैखाले रिसराग थिएन । हजुर सन्तानै सखाप पारिदिए,’ चेतनाथले भने ।

निर्वाचनताका प्याउलीको रेडक्रस भवनमा नेपाली सेना बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार छिमेकका तीन सन्तान हराएका साँझ रन्जिव र प्रदिप फुयाँल त्यस आसपास निस्किएका थिए । त्यसपछि गायव भए । सुष्मालाई सिरकको खोल लगाउदै घरैमा खाना पकाउन बाबुआमाले अह्राएका थिए । अचानक बेपत्ता भएका उनीहरुलाई खोजविन गर्दा भेटिएनन् । तर, तेस्रो दिन पोखरीमा एकै ठाउँ डुबेको अवस्थामा मृत फेला परे तीनैजना । फेला परेका दिननै अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वको टोली र अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी उत्तमकुमार कार्कीको नेतृत्वको टोलीले घटनाबारे सोधपुछ गरेका थिए । लाशको पोष्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएपनि अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रत्यक्षदर्शीका अनुसार तीनजनैका मुखमा ५–६ वटा÷ ५–६ वटा कपडाका पोका खाँदिएको थियो ।

प्रहरी भन्छ –अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक काजीकुमार आचार्यका अनुसार घटना थाहा भएबाटै स्थलगत अनुसन्धन भैरहेको छ । क्षेत्रीय अनुसन्धान व्युरो विराटनगरका प्रहरी निरिक्षक खगेन्द्र खड्काको नेतृत्वमा ५ जनाको टोलीले निरन्तर घटनास्थलको अनुसन्धान गरिरहेको छ, सादा पोसाकमा समेत प्रहरी खटाइएका छन्, तर घटनाबारे भन्न सक्ने कुनै तथ्य छैन । पुर्व क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रमेशराज भट्टराईका अनुसार क्षेत्र र जिल्लाको टिम अनुसन्धानका लागि निरन्तर भिडिरहेका छ । उनका अनुसार भिसेरा टेष्ट गर्नुपर्ने भएकाले पोष्टमार्ट रिपोर्ट आउन केहि समय लाग्नेछ ।

उनले भने‘टेष्टका लागि केन्द्रीय विधि विज्ञानमा पठाइएको छ, अनुमान धेरै कोणबाट गरिएको छ, भिसेरा टेष्ट आएपछि अन्तिम निष्कर्ष आउछ,’ फोनसम्पर्कमा उनले भने । घटनाले जिल्लाभर स्तब्ध बनाउनुका साथै विद्यार्थी, बालबच्चा र अभिभावकमा मानसिक सन्त्रास फैलाएको छ ।

‘छानविन चाडो हुन सकेन भने गाउै बसाई सरेर हिड्ने मानसिकता धेरैले बनाइसके, दोषीलाई पत्ता लगाएर कार्यवाही हुनुपर्छ,’ शारदा मावि प्याउलीका शिक्षक तिलक पुलामीले बताए ।

जिल्लास्थित महिला तथा बालअधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ । नियोजित रुपमा घटना भएको भन्दै चाडो भन्दा चाडो अनुसन्धान हुनुपर्ने र शान्ति, सुरक्षाको आभास दिलाइनुपर्ने उनीहरुको माग छ । source:ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t60KLf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top